भारतसँग एयर एम्बुलेन्स माल्दिभ्सले तोड्यो, श्रीलंकासँग सम्झौता

१७ माघ ,एजेन्सी ।
चीनतर्फ झुकाव राख्ने राष्ट्रपति मोहम्मद मुइज्जु नेतृत्वको सरकारले भारतविरुद्ध एकपछि अर्काे बोल्ड निर्णय गर्ने क्रममा भारतसँग एयर एम्बुलेन्स सम्झौता समेत अन्त्य गरेको छ । भारतसँगको सो सम्झौता तोेडेर दक्षिण एसियाली टापु मुलुक मालदिभ्सले सोही प्रकृतिको सम्झौता श्रीलंकासँग गरेको छ ।

श्रीलङ्का भ्रमणमा रहेका माल्दिभ्सका महोमद अमिनले श्रीलंकाका बन्दरगाह, पारवहन तथा नागरिक उड्ड्यनमन्त्री निमल सिरिपला दा सिल्भासँग भेट गर्दै मङ्गलवार उक्त सम्झौता गरेका छन् । सम्झौता अनुसार माल्दिभ्सबाट उद्धार गरिएका बिरामीहरूलाई श्रीलङ्का लगेर उपचार गरिने भएको छ ।

त्यसको लागि श्रीलंकाको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा एक युनिट राखिने भएको छ । माल्दिभ्सको मिडिया आउटलेट अटोल टाइम्सका अनुसार आगामी एक महिना पछि अर्थात् मार्चबाट उक्त सम्झौता कार्यान्वयनमा आउनेछ । माल्दिभ्सको राष्ट्रपति कार्यालयका मन्त्री अब्दुल्लाह नजिमले मार्च १ बाट माल्दिभ्सबाट एयर एम्बुलेन्स सेवा सुरु हुने बताएका छन् ।

Advertisement

मन्त्री नजिमले दुई एयर एम्बुलेन्सहरू माण्ल्दिभ्सका झन्डासहित तयार गरेर राखिएको बताएका छन् । हालसम्म माल्दिभ्समा भारतले उपहारमा दिएका हवाई एम्बुलेन्सहरू सञ्चालनमा छन् । तीनको सञ्चालन गर्न भारतीय सैनिकहरू माल्दिभ्समा रहेका छन् ।

माल्दिभ्सका नयाँ राष्ट्रपति मुइज्जु गत नोभेम्बरबाट सत्तामा आएपछि उनले भारतीय सैनिक हटाउने निर्णय गरी भारतीय सैनिकलाई देश छाड्ने समयसीमा समेत दिइसकेका छन् । उनको प्रशासनले यही मार्च १५ भित्र भारतीय सैनिकहरूलाई फिर्ता लैजान मिति तोकेको छ ।

Advertisement

यसबारेमा भारतले भने निर्धारित मितिमै सैनिक फिर्ता गर्ने कि नगर्ने भन्ने कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन । तर मुइज्जुले आफूसँगको भेटमा मोदीले सो प्रतिवद्धता जनाएको बताएका छन् । यसअघि पनि मुइज्जु सरकारले भारतसँगको सामुद्रिक अध्ययन सम्झौता भारतसँग तोडेर चीनसँग गरेको थियो ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top