×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

विश्वकपबाट बाहिरियो नेपाल, दुवै खेल जितेपनि अर्थहीन

१७ माघ २०८०

१७ माघ ,एजेन्सी ।
दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपाल सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको छ। सुपरसिक्सअन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपाल विश्वकपबाट बाहिरिने पक्का भएको हो। विश्वकपबाट बाहिरिएपनि नेपालले सुपर सिक्सअन्तर्गत २ खेल खेल्ने तालिका छ।

तर दुवै खेल जितेको खण्डमा पनि अंकविहीन नेपालको ४ अंक मात्र हुन्छ भने भारत र पाकिस्तानले ६÷६ अंक जोडिसकेकाले नेपाल अब सुपर सिक्स खेलेर घर फर्कनुपर्ने भएको हो। सुपरसिक्सको एउटा समूहबाट शीर्ष २ टोली मात्र सेमिफाइनलमा पुग्छन्। नेपाल रहेको समूह एबाट भारत र पाकिस्तान अघि बढ्ने सम्भावना बलियो छ।

Advertisement
Advertisement

उनीहरूले तीन÷तीन खेल जितेर ६÷६ अंक बनाएका छन्। बंगलादेशले २ खेलबाट २ र न्युजिल्यान्डले ३ खेलबाट २ अंक बनाएका छन् भने नेपालले २ र आयरल्यान्डले ३ खेल खेले पनि कुनै अंक जोडेका छैनन्। सुपर सिक्समा भारतले न्युजिल्यान्डलाई २ सय १४ रनले तथा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हराएका हुन्।

यद्यपि आज नेपाल बंगलादेशविरुद्ध मैदान उत्रिँदा नेपाल सन् २०१६ को क्वार्टरफाइनलमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा समेत हुनेछ । नेपालले सन् २०१६ को संस्करणमा बंगलादेशसँग क्वार्टरफाइनलमा हार व्यहोरेको थियो । यसअघिको खेलमा टेष्ट राष्ट्र अफगानिस्तानलाई पराजित गरेको नेपालको मनोबल उच्च छ ।

बंगलादेश पनि सुपर सिक्सको पहिलो खेलमा जीत हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्न चाहन्छ । यसअघि नेपाल र बंगलादेशको भेट दुई पटक भएको थियो । जसमध्ये एकमा नेपाल र अर्कोमा बंगलादेश विजयी भएको थियो । नेपालले २२ वर्षअघि सन् २००२ मा भएको यू–१९ विश्वकप प्लेट च्याम्पियनशिपमा सेमिफाइलनमा बंगलादेशलाई २३ रनले हराएको थियो ।

Advertisement

फाइनलमा भने नेपाल जिम्बावेसँग पराजित भयो । नेपाल र बंगलादेशको दोस्रो भेट सन् २०१६ मा भएको यू–१९ विश्वकपमा भएको थियो । उक्त खेलमा भने बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरिएको थियो । त्यसयता बंगलादेशसँग नेपाली युवा टोलीको भेट भएको छैन ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top