मन्दिरमा गैरहिन्दुलाई प्रवेश निषेध,जाने भए देउता मान्नुपर्ने

१७ माघ ,एजेन्सी ।
भारतको मद्रास उच्च अदालतले सबै हिन्दु मन्दिरमा झन्डा राखिएको ठाउँबाट अगाडि नजान गैर हिन्दुहरूलाई रोकेको छ । अदालतले मन्दिरमा नजाने सन्देशसहितको बोर्ड राख्न तमिलनाडु सरकारलाई आदेश दिएको हो । हिन्दुहरूलाई उनीहरूको धर्म मान्ने र यसको पालना गर्ने मौलिक अधिकार भएको पनि अदालतले बताएको छ ।

अरुलमिगु पलानी धनदायुथापानी स्वामी मन्दिरमा हिन्दुहरूलाई मात्रै जान दिइयोस् भन्ने अनुमति माग्दै दायर भएको याचिकामा सुनवाइ गर्ने क्रममा अदालतले यस्तो निर्णय गरेको हो । मन्दिरको निश्चित बिन्दुबाट अगाडि गैर–हिन्दुहरू नजाउन भन्ने सुनिश्चित गर्न भनिएको छ ।

गैर हिन्दुहरू मन्दिरमा जान चाहन्छन् भने त्यहाँ रहेका देवी देवतालाई मान्छु र हिन्दु धर्मको रीतिरिवाजको पालना गर्छु भन्ने औपचारिक लिखित वाचा माग्न र यस्तो वाचा बिना गैर हिन्दुहरूलाई मन्दिरमा छिर्न नदिन पनि अदालतले भनेको छ । हिन्दुहरूलाई आफ्नो धर्म पालना गर्ने अधिकार भएको पनि अदालतको भनाई छ ।

Advertisement

मन्दिर पिकनिक खान जाने वा घुमफिरका लागि जाने ठाउँ नभएको अदालतको भनाई छ । ‘मन्दिर कुनै पिकनिक स्पट वा पर्यटक स्थल होइन । अन्य धर्मका मानिसहरू मन्दिरको आर्किटेक्चर हेर्ने र बुझ्ने सहुलियत हुनेछ तर यसका लागि झन्डा लगाइएको ठाउँभन्दा टाढा जान जरुरी छैन ।’

सेन्थिल कुमारले उत्तरदाताहरूलाई अरुल्मिगु पलानी धनादयुथापानी स्वामी मन्दिर र यसका उप–मन्दिरहरूमा हिन्दूहरूलाई मात्र हेर्न अनुमति दिन निर्देशन मागेका थिए। उनले सबै मन्दिरका प्रवेशद्वारमा यस सम्बन्धमा बोर्ड लगाउन निर्देशन दिन पनि आग्रह गरेका थिए ।

भगवान मुरुगन मन्दिर डिंडीगुल जिल्लाको पलानीमा अवस्थित छ। निवेदन स्वीकार गर्दै अदालतले विपक्षीहरूलाई मन्दिरको प्रवेशद्वारमा, झण्डाको छेउमा र मन्दिरका प्रमुख स्थानहरूमा बोर्डहरू टाँस्न निर्देशन दिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top