अमेरिकामा इतिहास रच्ने डा. ह्यारी भण्डारी को हुन् ?

१७ माघ ,एजेन्सी ।
अमेरिकी राजनीतिमा सक्रिय रहेका नेपालीमूलका मेरिल्यान्ड राज्यका डेलिगेट डा. ह्यारी भण्डारीले अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभका लागि उमेदवारी दिने भएका छन् । अमेरिकी राजनीतिमा नेपाली मूलका प्रतिनिधिको रूपमा कीर्तिमान कायम गरेका भण्डारी उक्त चुनावमा जितेर यूएस रेप्रिजेन्टेटिभ बने भने उनले अमेरिकी राजनीतिमा सबैभन्दा उच्चतम पदमा पुग्ने नेपाली मूलका अमेरिकीको रूपमा इतिहास रच्नेछन् ।

७७ वर्षीय कंग्रेसम्यान डच रपर्सबर्जरले पुनः निर्वाचनका लागि चुनाव नलड्ने र अवकाश लिने घोषणा गरेको तीन दिनपछि भण्डारीले पनि उक्त पदका लागि आगामी मे १४ मा हुने प्राइमरी चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । अमेरिकाको हाउस अफ रेप्रिजेन्टेटिभमा विभिन्न राज्यबाट निर्वाचित ४३५ जना सदस्य रहने व्यवस्था छ ।

अमेरिकाको संविधानअनुसार हाउस अफ रेप्रिजेन्टेटिभले अमेरिकाको संघीय कानुन बनाउने र पारित गर्ने काम गर्छ । हाउस अफ डेलिगेट्समा पाँच वर्ष सेवा गरेपछि माथिल्लो कार्यालयको लागि चुनाव लड्नु स्वभाविक भएको उल्लेख गर्दै भण्डारीले सार्वजिनिक सेवाको आफ्नो प्रतिवद्धतालाई जारी राख्ने बताएका छन् ।

Advertisement

डा. भण्डारीले मेरिल्यान्ड राज्यको स्वास्थ सेवामा सर्वसाधारणको पहुँचलाई विस्तार गर्ने आफ्नो प्राथमिकता भएको उल्लेख गरेका छन् । डा. भण्डारीद्वारा जनवरी २९ ,२०२४ जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ’यदि अमेरिकाको नेपाली समुदायका हरेक सदस्यले मेरो उम्मेदवारी नेपाल र नेपालीका लागि हो भन्ने आत्मसात गरेर गच्छेअनुसार सहयोगका रूपमा मुट्ठी दान गरिदिदनु भयो भने हाम्रो पक्षमा इतिहास बन्ने निश्चित छ।

मसँग चुनावी क्याम्पेन सञ्चालन गर्ने पैसाबाहेक जीतका लागि चाहिने अरू सबै पृष्ठभूमि छ।’ मसँग यो चुनौतीलाई स्वीकार गर्ने अध्ययन, अनुभव, आँट र पृष्ठभूमि छ । उनले भनेका छन्, त्यसैले मैले यो चुनौति मेरो लागिभन्दा पनि नेपाल र नेपालीका लागि लिनैपर्छ भन्ने ठानेको हुँ । यो यात्रा मेरिल्याण्डको राजधानी एनापोलिसको लागि हैन, अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित क्यापिटलको हिलको हो ।

Advertisement

अहिले म मेरिल्याण्डको विधायक हुँ भने यो जीतपछि अमेरिकाका ५० राज्यकै एक कंग्रेसमेन हुने छु । त्यसबाट अमेरिकाभरिका समग्र नेपालीले आफ्नो मूलको पहिलो कंग्रेसमेन पाउँने छन् । भण्डारी अमेरिकामा रहेका नेपालीहरुका लागि राजनीतिक सफलता पाएसँगै एक नमूना राजीतिज्ञका रुपमा स्थापित छन् । उनले गाह्रोसाह्रो परेका बेला कैयन् व्यक्तिलाई सहजीकरणसमेत गरेका छन् ।

विविध कारणले मृत्यु भएकाहरुको सद्गत गर्नेदेखि आप्रवासनका समस्या, भाषागत समस्याका कारणले कानुनी परिबन्दमा परेकाहरुको सहजीकरणदेखि हरेक कुरामा ह्यारीको साथ र सहयोग रहेको छ । सन् २०२१ को कोरोना महामारीका बेला ह्यारीले ५० वटै राज्यका अमेरिकामा नेपालीहरुको बेरोजगार फर्म भर्न सहजीकरण गर्नेदेखि मनोवैज्ञानिक त्रासमा रहेकाहरुलाई ढाडस दिने काम उनले गरेका थिए ।

भण्डारीले मेरिल्यान्डमा रहेका नेपालीको सङ्घसंस्थाका लागि सहयोग कोषमार्फत सात लाख डलरसमेत दिलाउन सफल भएका छन् । यसरी रकम प्राप्त गर्नेहरु हिन्दू, बुद्ध मन्दिर, नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकालगायतका गैरनाफामूलक संस्था रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top