×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

इमरान खान र पत्नीलाई थप १४ वर्षको जेल सजाय

१७ माघ २०८०

१७ माघ ,एजेन्सी । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई नेता इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोशाखाना मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ । इमरान खानलाई १० वर्ष वा सोभन्दा बढी सजाय सुनाइएको यो दोस्रो मुद्दा हो। इमरान खान र उनकी रहस्यमय पत्नी बुशरा बीबीमाथि विदेशबाट महँगो उपहार थोरै पैसा वा सित्तैमा लिएको आरोप छ।

Advertisement
Advertisement

अल्कादीर ट्रस्ट मुद्दामा पनि इमरान खानविरुद्धको सजाय सुनाउन बाँकी छ । यति मात्र होइन, इमरान खानलाई ७८ करोड ७० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि लगाइएको छ । बुशरा बीबीले अडियाला जेलमा आत्मसमर्पण गरेकी छिन् । डनको रिपोर्टका अनुसार पाकिस्तानको विशेष अदालतले दम्पतीलाई १० वर्षसम्म कुनै पनि सार्वजनिक पदमा बस्न प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानी मिडियाका अनुसार बुशरा बीबीको आदेशमा इमरान खानले तोशाखानाबाट धेरै महँगो उपहार लिएका थिए । यसमा साउदी राजकुमारले दिएका महँगो घडीहरू पनि समावेश छन्, जसको जानकारी मोहम्मद बिन सलमानसम्म पुगेको थियो। बुशरा बीबी आफूलाई पीर मान्छिन् र उनी जिनसँग कुरा गर्छिन् भन्ने दाबी गरिएको छ ।

देशका सबैभन्दा शक्तिशाली व्यक्ति सेना प्रमुख असिम मुनीरसँग इमरान खानको विवाद गहिरिँदै गएको छ र यही कारणले चुनावअघि नै उनलाई लगातार सजाय दिइँदै आएको छ । यही सजायका कारण उनको चुनाव लड्ने बाटो लगभग बन्द भएको छ । यसअघि पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का संस्थापक इमरान खान र नेता शाह महमूद कुरैशीलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो।

रावलपिंडीको अदियाला जेलमा सुनुवाईको क्रममा विशेष अदालतका न्यायाधीश अबुल हसनत जुल्कारनैनले सजायको घोषणा गरेका थिए । सञ्चारकर्मीहरूसँग कुरा गर्दै इमरान खानले ट्रायलको गतिले “खेल पहिले नै तय भइसकेको“ देखाएको बताएका थिए। डनको रिपोर्टका अनुसार खानले यो सबै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई बचाउनको लागि गरिएको आरोप लगाएका छन् ।

सत्तारुढ निकायसँग वार्ता गर्ने इच्छा व्यक्त गर्दै उनले पछिल्लो समय भएका घटनाले निर्वाचनलाई बदनाम गरेको बताएका छन् । उनले पीटीआई कार्यकर्ताको गिरफ्तारीमा पाकिस्तानका प्रधानन्यायाधीश जिम्मेवार भएको आरोप लगाएका छन् ।

Advertisement

पीएमएल (एन) का नेता नवाज शरीफ अदालतसँगको सम्झौतामा पाकिस्तान फर्किएको र उनले प्रधानमन्त्री कार्यालय पुग्न अझै ‘वेगो गाडी’ प्रयोग गरिरहेको पीटीआईका संस्थापकले दाबी गरेका छन् । उनले अनुमति दिएपछि अहिलेसम्मकै ठूलो ¥याली गर्ने चुनौती पनि दिएका छन् । उनले जनरल बाजवा, डोनाल्ड लु र सैन्य कूटनीतिज्ञलाई साक्षीका रूपमा बोलाउन अदालतलाई आग्रह गर्ने बताएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top