×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

के सरकारले भारतीय कम्पनीलाई दिदैछ विमानस्थल ?

१८ माघ २०८०

१८ माघ,काठमाडौं ।
भारत भ्रमणका क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतलाई विश्वकै धनाढ्य मध्येका एक भारतीय अर्बपति गौतम अडानीले नेपालका अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापनका लागि प्रस्ताव राखेको अवस्थामा सरकारले त्यसकै बाटो खोल्नका लागि अध्ययन समिति गठन गरेको छ ।

काठमाडौं, पोखरा र भैरहवाको पुर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित सार्वजनिक–निजी साझोदारी (पीपीपी) मोडलमा सञ्चालन गर्नका लागि सरकारले अध्ययन समिति गठन गरेको हो । विमानस्थलबारे अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, मन्त्रालयका हवाई महाशाखा प्रमुख बुद्धीसागर लामिछाने, लगानीबोर्डका सहसचिव र नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दिपेन्द्र श्रेष्ठ रहेको पाँच सदस्य समिति गठन गरिएको छ ।

Advertisement
Advertisement

त्यस्तै वायुसेवा निगम करार व्यवस्थापनका लागि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा व्यवस्थापन विज्ञ टिकराम राई, पर्यटन विभागका महानिर्देशक, अर्थ मन्त्रालयका प्रतिनिधि र वायुसेवा निगम अर्थ विभाग प्रमुख सदस्य रहने गरि पाँच सदस्यीय समिति गठन गरिएको मन्त्रिपरिषदको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

समितिलाई ४५ दिनको समयावधि दिइएको छ । अडानी ग्रुपको प्रस्ताव र सरकारको तयारीका बीच नागरिक अभियन्ताहरुले भने भारतीय कम्पनीलाई नेपालको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा दिँदा रणनीतिक स्वार्थमा ठूलो आघात पर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा भएको नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलहरु विदेशीसँग सौदाबाजी गर्ने षड्यन्त्रका बिरुद्ध अन्तरक्रिया कार्यक्रममा बोल्दै अभियन्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले आर्थिक सामाजिक हिसावमा एउटै मुलुकसँग आश्रित रहनुपरेको अवस्थामा त्यही देशको कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको जिम्मा दिनु भनेको रणनीतिक स्वार्थ माथिको ठूलो आघात भएको बताएका हुन् ।

उनीहरुले बाहिर आएको जस्तो नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा भारतीय अडानी ग्रुपलाई दिने तयारी भएको भए घातक विषय भएको बताएका छन् । कार्यक्रममा बोल्दै पूर्वअख्तियार प्रमुख सूर्यनाथ उपध्यायले त नेपालमा सबै अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई सञ्चालनमा दिने विषय बाहिर आएको भन्दै सरकारले भारतीय कम्पनीलाई सबै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न दिने तयारी गरेको भए देशको लागि घात हुने बताएका छन् ।

भारतीय कम्पनीलाई विमानस्थल सञ्चालन गर्न दिँदा मुलुकको सुरक्षामा खतरा आउने उनको भनाई छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top