२० माघ विराटनगर ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको पछिल्लो एक बयानले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आक्रोशित बनेका छन् । गाजामा हमासविरुद्धको युद्धमा इजरायललाई सघाइरहेका अमेरिकी राष्ट्रपतिले पछिल्लो पटक जब वेस्ट ब्यांकमा रहेका प्यालेस्टाइनीहरुमाथि असैह्य पीडा बर्साइएको भन्ने बयान दिए, त्यसले नेतान्याहूलाई क्रोधित बनाएको छ ।
खासमा बाइडेन प्रशासनले वेस्ट व्यांकमा रहेका यहूदीहरुमाथि प्रतिबन्ध लगाएको छ । प्यालेस्टाइनीहरुविरुद्ध हिंसक गतिविधिहरुमा सामेल भएको भन्दै त्यहाँ रहेका यहूदीहरुमाथि अमेरिकाले प्रतिबन्ध लगाएको हो । आफ्नो बयानमा राष्ट्रपति बाइडेनले भने, मलाई लाग्छ, वेस्ट ब्यांकको स्थिति असैह्य स्थितिसम्म पुगिसकेको छ ।
खासगरी वेस्ट ब्यांकमा प्यालेस्टाइनीहरुविरुद्ध हिंसा, मानिसहरुलाई गाउँबाट जबर्जस्ती विस्थापन र सम्पत्तिको नोक्सानी उच्च स्तरमा पुगेको छ । यो वेस्ट ब्यांक र गाजा, इजारायल र पश्चिम एशियाको पनि शांति, सुरक्षा र स्थिरताका लागि एक गंभीर खतरा हो, बाइडेनले भनेका छन् ।
उनी भन्छन्, यस्ता खालका कारबाहीहरुले अमेरिकाको विदेश नीतिका उद्येश्यहरुलाई कमजोर पार्दछन् । जसमा द्वि–राष्ट्र समाधानको व्यवहारिकता र इजारयल वा प्यालेस्टाइनको सुरक्षा, समृद्धि र स्वतंत्रतालाई सुनिश्चित गर्नु हो । तर उनको यो बयानपछि नेतन्याहूले पनि कडा प्रतिक्रिया जनाएका छन् ।
इजरायली प्रधानमन्त्रीले बाइडेनको बयान र उनको प्रशासनले वेस्ट ब्यांकका यहुदीमाथि लगाएको प्रतिबन्धतर्फ इंकित गर्दै भने, वेष्टव्यांकमा गलत काम गर्नेलाई हामी आफैले सजाय दिन्छौ, यसमा अरु कसैले उनीहरुमाथि सजाय थोपर्न जरुरी छैन ।
नेतन्याहूले भने, यहूदिहरु र सामरिया क्षेत्रका धेरैजसो मानिसहरु कानून पालना गर्छन् । जसमा कयौं अहिले इजरायलको रक्षाका लागि सिपाहीका रुपमा लडिरहेका छन् । इजरायल नी सबै यहूदिविरुद्ध कारबाही गर्दछ जसले कानून तोड्छन् । त्यसैले हरेक ठाउँका लागि प्रतिबंध लगाउनु जरुरी छैन ।
नेतन्याहुको यो भनाइले अमेरिकाले वेष्टब्यांकका यहुदीमाथि लगाएको प्रतिबन्धले इजरायल रुष्ट बनेको स्पष्ट हुन्छ । यसैबीच इजरायली रक्षा बल आईडीएफले गाजामा युद्ध शुरू भएयता उसको मध्य कमान बलहरुद्वारा आतंकवादी गतिविधिहरुमा संलग्न रहेको आशंकामा झण्डै तीन हजार जनालाई पक्राउ गरेको जनाएको छ । आईडीएफको मध्य कमाण्ड यहूदिहरु र सामरिया क्षेत्रको सुरक्षाका लागि परिचालित छ ।
यता अमेरिकी सेनाले जोर्डनमा आफ्नो सैन्य अड्डामा भएको ड्रोन आक्रमणको जवाफमा शुक्रवार सीरिया र इराकमा ईरान समर्थित समुहमाथि बमबारी गरेको छ । मीडिया रिपोर्टका अनुसार, सीरियामा अमेरिकाको हवाई हमलमा परि १३ लडाकु मारिएका छन् । तीमध्य तीन जना गैर–सीरियाली थिए ।
अमेरिकी सेनाले एक बयान जारी गर्दै भनेको छ, अमेरिकाले शुक्रवार इराक र सीरियामा ईरान रिवोल्यूशनरी गार्ड्स र उसले समर्थन गरेको मिलिशियासंग जोडिएका ८५ भन्दा धेरै ठेगानाहरुमा जवाफी हमला गरेको छ ।
बयानमा भनिएको छ, अमेरिकी सेनाकोे हवाई हमलाले विद्रोहीहरुको कमांड र नियंत्रण केन्द्रहरु, रकेट, मिसाइल र ड्रोन भंडारण सुविधाहरुका साथै रसद र गोला–बारूद आपूर्ति श्रृंखलाहरुलाई पनि निशाना बनाएको छ । शुक्रबारको हमलामा लामो दूरीको बी १ बम वर्षकको प्रयोग भएको बताइएको छ । यता सिरियाको सरकारी मीडियाले पनि सिरियाका मरभूमी क्षेत्रहरुमा र इराकसंगको सीमा नजिक रहेका ठेगानाहरुमा अमेरिकी हमला भएको, जसमा परि कयौं मानिस हताहत र घाइते भएको जनाएको छ ।
यता इरान समर्थित समूहहरुको ठेगानामा हमला गरेपछि अमेरिकी राष्ट्रपति बाइडनले पनि एक बयान जारी गरेका छन् । जसमा उनले भनेका छन्, अमेरिका मध्य–पूर्वमा संघर्ष चाहादैन । तर यदी कुनै अमेरिकीलाई हानी पुर्याउने काम गरिन्छ भने हामीले त्यसको कडा जवाफ दिनेछौं ।
उनले शुक्रबारको हमला सुरुवाती मात्रै भएको पनि बताएका छन् । हामीले जवाफी हमला सुरु गरेका छौं, यो आवस्यकता अनुसार जारी रहन्छ, उनको भनाई उदृत गर्दै रोयटर्सले लेखेका छ । यद्यपी अमेरिकी सेनाले इरानको सीमाभित्र भने कुनै पनि ठेगानालाई निशाना बनाएको छैन ।
तर अमरेकिाको जवाबी हमलापछि पश्चिम एशियामा तनाव बढ्ने आशंका गरिएको छ । इजरायलले पनि सिरियामा इरानी लक्ष्यमा आक्रमण बढाएको छ । सिरियामा आईआरजीसीका धेरै सदस्य मारिएको बताइएको छ । गाजामा पछिल्लो तीन महीनादेखि चलिरहेको इजरायल हमास युद्धका कारण यसक्षेत्रमा पहिले नै तनावको स्थिति बनेकै छ ।
यसैबीच कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल–थानीले गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको बताएका छन् । इजरायल र हमासबीचको सम्भावित सम्झौताको मध्यस्थतामा आफ्नो देशको भूमिकाबारे कुरा गरेको बताएका उनले युद्ध छिट्टै अन्त्य नभए ठूलो क्षेत्रीय द्वन्द्वको जोखिम बढ्ने चेतावनीसमेत दिए ।
अमेरिका भ्रमणका क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । ‘मलाई लाग्छ कि हामी सबै यो युद्ध रोक्न, ती जीवन बचाउन, ती बालबालिका र ती महिलाहरूलाई मारिने र हवाई हमलाहरू, ट्याङ्कहरूद्वारा, सबै कुराद्वारा लखेट्ने र बम विष्फोटबाट बचाउन एकजुट हुनुपर्छ,’ कतारी प्रधानमन्त्रीले अमेरिकामा भनेका छन् । यसबारे तपाइँका टिप्पणी के छन्, अवस्य ब्यक्त गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।