फिफा विश्वकप २०२६ः उद्घाटन मेक्सिको, फाइनल न्यु जर्सीमा

२१ माघ ८०, सोमबार

२२ माघ ,एजेन्सी ।

सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेल मेक्सिकोमा र फाइनल खेल अमेरिकामा हुने भएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले सार्वजनिक गरेको खेल तालिका अनुसार ११ जुनमा मेक्सिकोको अज्टेका स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा मेक्सिकोले खेल्नेछ ।

यस्तै अमेरिका इस्ट रदरफोर्ड, न्यु जर्सीको मेटलाइफ स्टेडियममा फाइनल हुने भएको छ । विश्वकप २०२६ का खेल तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा हुनेछन् । अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ स्थानमा विश्वकपका खेल हुनेछन् । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी हुनेछन् ।

Advertisement

यो अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप हुनेछ । ३९ दिन चल्ने विश्वकपमा कूल १०४ खेल हुनेछ । पहिलोपटक विश्वकपको आयोजक बनेको क्यानडाले आफ्नो पहिलो खेल १२ जुनमा टोरोन्टोमा खेल्नेछ । यस्तै अमेरिकाले पनि १२ जुनमै लस एन्जलसमा आफ्नो पहिलो खेल खेल्नेछ ।

२०२२ को कतार विश्वकप भन्दा १० दिन बढी चल्ने २०२६ को विश्वकपमा तीन देशका १६ शहरमा हुनेछ । फिफा अध्यक्ष जियानी इन्फान्टिनो, कमेडियन तथा एक्टर केभिन कार्ट, ¥यार ड्रेक र सेलेब्रेटी किम कार्दासियननले आइतबार २०२६ को विश्वकपको खेल आयोजना स्थल बारे सार्वजनिक गरेका हुन् ।

Advertisement

जसमा क्वाटरफायनलका खेलहरु अमेरिकाको लस एन्जलस, कान्सास सिटी, मायमी र बोस्टनमा हुनेछ । यस्तै सेमिफाइनलका खेलहरु डल्लास र एटलान्टामा हुनेछ भने तेस्रो स्थानको लागि खेल मायामीमा हुनेछ । डल्लासले सबैभन्दा धेरै ९ खेल आयोजना गर्ने फिफाले जनाएको छ । यस विश्वकपको ड्र भने २०२५ को अन्तिममा सार्वजनिक गर्ने फिफाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top