×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026

पाकिस्तानको प्रधानमन्त्री अब को बन्छ ?

२६ माघ २०८०

२६ माघ,विराटनगर ।
नेपालीमा एउटा उखान छ । अति गर्याे भने खति हुन्छ । अहिले पाकिस्तानबाट आइरहेको आम चुनावको मत परिणामले त्याहाका सेना नजिक रहेका दलहरुका लागि यही उखान चरितार्थ भइरहेको छ । विभिन्न आरोप लगाएर जेलमा बन्द गरिएका पूर्वप्रधानमन्त्री इमरान खानले जेलभित्रै बसेर चुनावमा चमत्कार गरिरहेका छन् ।

सरकारको दबाबमा निर्वाचन कार्यालयले उनको दललाई प्रतिबन्ध गरी चुनाव चिन्ह समेत खोसेको अवस्थामा स्वतन्त्र रुपमा उम्मेदवार भएका खान समर्थकहरुले उत्साहजनक रुपमा जनताको मत पाइरहेका छन् । सत्तारुढ दलको पेलाईमा परेका खानको घटनालाई नजिकबाट नियालीरहेका पाकिस्तानी जनताको मत खानको पक्षमा खनिएको छ ।

पछिल्लो समयको मत परिणाम अनुशार घोषणा गरिएको १२४ सिटमा स्वतन्त्र (पीटीआईसँग आबद्धहरू सहित) ४९ जना विजयी भएका छन् ।यस्तै पीएमएल–एन – ३८, पीपीपी ३१ सिट र अन्य ६ सिटमा विजयी भएका छन् । अहिलेसम्म १ क्षेत्रमा स्थगित भएकोछ भने १४१ क्षेत्रको परिणाम आउने क्रममा रहेको छ ।

पाकिस्तानमा भएको निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ यो खबर दोस्रो स्थानमा छ । निर्वाचन आयोगका अनुसार नवाज सरिफको पार्टी पीएमएल–एन शीर्षमा छ । प्रारम्भिक प्रवृत्तिमा पीटीआईले १०० भन्दा बढी सिटमा अग्रता लिएको थियो ।

यस्तो अवस्थामा पाकिस्तानमा सोही पार्टीले नयाँ सरकार बनाउने विश्वास गरिएको थियो । तर, दिउँसोसम्म इमरान खानको पार्टी दोस्रो स्थानमा पुगेको छ भने पाकिस्तानी सेनाको निकट मानिने नवाज शरीफको पार्टी पीएमएल–एन पहिलो स्थानमा पुगेको छ । पीटीआई समर्थकहरूले आफ्नो भोट चोरी भएको आरोप लगाएका छन्।

इमरान खानका समर्थकहरूले स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लडेका थिए । उनीहरुले शानदार सफलता हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवारले सयभन्दा बढी सिटमा आफ्नो जादू देखाउँदै छन् । अब यी स्वतन्त्र सांसदको सहयोगमा मात्रै सरकार बन्ने निर्वाचनको नतिजाले स्पष्ट पारेको छ ।

योसँगै चुनावी नतिजा आफ्नो पक्षमा नआएको देखेर पाकिस्तानी सेना नवाज शरीफ वा बिलावलको पार्टीलाई प्रवर्द्धन गर्न धाँधलीमा व्यस्त रहेको आरोप लगाइएको छ । यसको उदाहरण नवाज शरीफ हुन् जसले रातिसम्म ७० प्रतिशत मत गणना भइसकेपछि पीटीआई उम्मेदवारले पछि पार्दै आएका थिए तर अहिले अचानक लाहोर सिटबाट विजयी घोषित भएका छन् ।

यसअघि अर्काे क्षेत्रबाट शरीफले पराजय भोगेका थिए । शरीफले मानसेरा सिटबाट चुनाव हारेका छन् । उनले स्वतन्त्र उम्मेदवार साहजादा गास्तासापबाट पराजय भोगेका हुन् । यसले अहिले पाकिस्तानी मतदाताहरूमा आक्रोश र निराशा पैदा गरिरहेको छ। यो आक्रोश गृहयुद्ध जस्तो अवस्थामा परिणत हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

पाकिस्तानी मामिलाका विशेषज्ञ र बेलायतमा सहायक प्राध्यापक जोहा वासिम भन्छिन् कि पाकिस्तानमा चुनावी परिणाम घोषणामा यति लामो ढिलाइले धाँधलीमा गम्भीर प्रश्न खडा गरेको छ। अल जजीरासँग कुरा गर्दै उनले भनेकी छन्, कि यो असामान्य छ र पर्दा पछाडि भइरहेको अशान्तिलाई औंल्याउँछ।

उनले विगत केही सातादेखि नवाज शरीफ सत्तातर्फ उन्मुख भएको सङ्केत भइरहेको तर अहिले ठूलो चुनौतीको सामना गरेको बताएकी छन् । वासिमले भनेकी छन् कि पाकिस्तानी सेनाले इमरानका समर्थकहरू विरुद्ध दमनको चक्र चलायो र उनीहरूलाई यातना दियो र अहिले त्यो कदम उल्टो सावित भएको छ ।

सारा संसारलाई थाहा छ, पाकिस्तानमा सेनाले चाहेको सरकार बन्ने गर्छ । यस पटक सेनाले नवाज शरीफलाई विजयी बनाएको छ । नवाज सरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका छन् तर उनले आफ्नो कार्यकाल पूरा गर्न सकेका छैनन् । इमरान खान गत वर्ष अगस्टदेखि कैयौँ मुद्दामा जेलमा छन् । यसपछि पनि उनको पार्टी पाकिस्तानमा सबैभन्दा अगाडि रह्यो ।

रिपोर्टका अनुसार भोट बाँडफाँडमा पीटीआई आफ्ना अन्य प्रतिद्वन्द्वीहरूभन्दा धेरै अगाडि छ। यसको मुख्य कारण पाकिस्तानको शक्तिशाली सेनाले इमरान खान र उनको पीटीआई पार्टी विरुद्ध आफ्नो प्रयास केन्द्रित गरेको थियो। दशकौंदेखि सेनाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देशको राजनीतिलाई नियन्त्रण गर्दै आएको छ।

पाकिस्तानको राजनीतिमा सेना सबैभन्दा शक्तिशाली खेलाडी हो । पाकिस्तानी सेनाको इमरान खानसँगको सम्बन्ध निकै खराब रहेको छ ।२०१८ मा इमरान खान सेनाको समर्थनमा पाकिस्तानको प्रधानमन्त्री बने । तर, यो साझेदारी केही वर्ष मात्र टिक्यो । पाकिस्तानका तत्कालीन सेना प्रमुख जनरल कमर जावेद बाजवा र नदीम अन्जुमलाई गुप्तचर निकाय आईएसआईको प्रमुखमा नियुक्त गरेपछि सेना र इमरान खानबीचको विवाद निकै बढेको थियो ।

इमरान खानले सुरुमा सेना प्रमुखको रूपमा जनरल बाजवाको कार्यकाल एक वर्ष थप गरे तर पछि अस्वीकार गरे। इमरान खानले आइएसआई प्रमुखको नियुक्तिसम्बन्धी फाइललाई पनि स्वीकृत गरेनन् । इमरान खान आफ्नो नजिकका सहयोगी र पूर्व आईएसआई प्रमुख जनरल फैज हमिदलाई पाकिस्तानी सेनाको नयाँ प्रमुख बनाउन चाहन्थे। यसका लागि उनले आफ्नो सारा बल दिएका थिए ।

तर, कमर जावेद बाजवाले यसको विरोध गरे । उनले जनरल असिम मुनीर पाकिस्तानको नयाँ प्रमुख बन्ने स्पष्ट पारेका थिए । यसैबीच इमरान खानले पनि अमेरिकासँग दुश्मनी गरेका थिए । अफगानिस्तानमाथि नजर राख्न अमेरिकालाई कुनै पनि हालतमा पाकिस्तानमा पहुँच चाहिन्छ। यस्तो अवस्थामा विपक्षी, सेना र अमेरिकाको मिलेमतोमा इमरान खानलाई सत्ताबाट हटाइयो ।

इमरानले पाकिस्तानी सेनाले आफूलाई प्रधानमन्त्री पदबाट हटाएको आरोप लगाएका छन् । गुप्तचर दस्तावेज सार्वजनिक गर्दै उनले अमेरिकालाई यो षड्यन्त्रमा संलग्न भएको आरोप पनि लगाए । जसका कारण अमेरिका र सेना दुवै इमरानसँग रिसाए । यसपछि नवाजका भाइ शाहबाज शरीफले प्रधानमन्त्रीको सपथ लिएका थिए ।

सबै विपक्षी दलहरू सरकारमा सामेल भए र इमरान खान एक्लै भए। यसपछि इमरान खानविरुद्ध ८० भन्दा बढी मुद्दा दर्ता भएका छन् । इमरान खान भ्रष्टाचार, तोशाखाना र अवैध विवाह मुद्दामा दोषी ठहर भएका छन् । उनको पार्टीका धेरै नेताहरु विभिन्न मुद्दामा जेल परेका छन् । दोषी ठहर भएपछि इमरान खान चुनाव लड्न अयोग्य घोषित भएका छन् । विदेशी चन्दा लिएको आरोपमा इमरान खानको पार्टीको चिन्ह खोसिएको थियो ।

पाकिस्तानको नेशनल एसेम्बलीमा ३३६ सिटहरू छन्, जसमध्ये २६६ उम्मेदवार प्रत्यक्ष मतदान प्रक्रियाबाट निर्वाचित हुन्छन्। जसमध्ये ६० महिला र १० गैरमुस्लिमका लागि ७० सिट आरक्षित छन् । पाकिस्तानमा सरकार बनाउन कुनै पनि दल वा गठबन्धनले कम्तिमा १७२ सिट जित्नुपर्छ। अन्य राष्ट्रजस्तै पाकिस्तानमा पनि १८ वर्षभन्दा माथिका नागरिकले मतदान गर्न पाउछन् ।

त्यस्ता व्यक्तिहरूको संख्या १२८ मिलियन छ। अब सेनाले मन पराउने नै पाकिस्तानको प्रधानमन्त्री बन्ने विश्वास गरिएको छ । अहिले नवाज शरीफ पाकिस्तानी सेनाको पहिलो रोजाइ हुन् । यस्तो अवस्थामा दिउँसोसम्म नवाजको पार्टी पीएमएल–एन विजयतर्फ अघि बढेको देख्न सकिन्छ । अर्कोतर्फ, पीटीआईका उम्मेदवारको तिव्र संख्याले अन्य दलको बेचैनी बढाएको छ ।

यस चुनावमा बिलावल भुट्टो जरदारीको पार्टी पीपीपीले सबैभन्दा बढी हार बेहोरेको देखिन्छ । बिलावलकी आमा बेनजिर भुट्टो दुई पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेकी छिन् ।चुनाव अघि आफ्नो आधिकारिक एक्स ह्यान्डलमा पोस्ट गरिएको एक भिडियो सन्देशमा इमरान खानले आफ्ना समर्थकहरूलाई ठूलो संख्यामा बाहिर आउन र भोट हाल्न आग्रह गरेका थिए।

फेब्रुअरी ७ मा एक व्यक्तिगत भिडियो सम्बोधनमा पूर्वप्रधानमन्त्रीले भनेका थिए, “भोलि चुनाव छ, म चाहन्छु कि तपाई बाहिर आउनुहोस् र तपाईलाई थाहा छ जति जनालाई बाहिर ल्याउनुहुन्छ, किनकि तपाईले आफ्नो र आफ्ना बच्चाहरूको भाग्य यो चुनावबाट तय गर्नुहुनेछ। परिवर्तन हुनेछ।“ पाकिस्तानमा इमरानमाथिको राजनीतिक प्रतिशोधका बीच प्राप्त पछिल्लो मत परिणामलाई तपाईले कसरी हेर्नुभएको छ ? आफ्ना विचारहरु अवश्य ब्यक्त गर्नुहोला ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top