विराटनगर, भदौ २७
विराटनगर स्थित कृषि सामग्री कम्पनी लिमिटेड हाता भित्र भएको दुर्घघनामा एकजनाको ज्यान गएको छ । कोशी राजमार्ग नजिकै रहेको उक्त कम्पनीको हाता भित्र ना ५ ख ५८८८ नं. को ट्रक पछाडी सार्ने क्रममा किच्दा पहिचान खुल्न नसकेका सोही ट्रकका सहचालकको मृत्यू भएको हो ।
सो कार्यालय परिसरमा वर्षाका कारण अत्याधिक पानी जम्दा पछाडीको जमिन नदेखिँदा ट्रक अनियन्त्रीत भई पछाडीरहेका सहचालकलाई किचेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जानकारी दिए । घटनामा संलग्न ट्रक र चालक मनोज शाहीलाई लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।