यौन दुर्व्यवहार मुद्दामा माफी दिएपछि राष्ट्रपतिको राजीनामा

२८ माघ, एजेन्सी ।

राजनीति सेवाको पद हो । जनतालाई सेवा गर्ने वचन दिएका तिनै राजनीतिक दलका नेताहरुबाट सार्वजनिक पदमा पुगेपछि उनीहरुले गर्ने कतिपय निर्णयले जनताको मनमा ठेस पुग्ने गर्दछ । यस्तो अवस्थामा राजनेताहरुले नैतिकताको उच्च उदाहरण प्रस्तुत गर्दै आफ्नो पदबाट नै राजनीमा दिने गर्दछन् । अहिले हंगेरीमा यस्तै घटना देखिएको छ ।

त्याहाकी राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई आफूले माफी दिएकोमा पश्चाताप गर्दै पदबाट राजीनामा दिएकी छन्। गत हप्ता राष्ट्रपति नोभाकले सरकारी बाल गृहका निर्देशकविरुद्ध यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिने एक व्यक्तिलाई माफी दिएको खुलासा भएको थियो।

Advertisement

उनको निर्णयको हंगेरीमा विरोध बढ्दै गएको थियो र उनको राजीनामाको माग भइरहेको थियो। नोभाकले टिभीमा लाइभ आउँदै आफ्नो निर्णयप्रति पछुतो मान्दै यो माफी दिनु आफ्नो ठूलो गल्ती बताएकी हुन्। माफीको यो निर्णयलाई अनुमोदन गर्ने तत्कालीन न्यायमन्त्री जुडित वर्गाले प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टीको तर्फबाट युरोपेली चुनावको अभियानबाट फिर्ता भएको घोषणा गरेका छन्।

गत वर्ष अप्रिलमा पोप फ्रान्सिस हंगेरी आएपछि राष्ट्रपति नोभाकले २५ जनाको सजाय माफी गरेका थिए। गत हप्ता यी २५ कैदीको नाम सार्वजनिक गरिएको थियो। तीमध्ये बुडापेस्ट नजिकैको बाल गृहका उपनिर्देशकको नाम पनि थियो, जसलाई तीन वर्षको सजाय सुनाइएको थियो।

Advertisement

उनले बालआश्रय केन्द्रका निर्देशकमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिएका थिए। यस मुद्दामा निर्देशकलाई पनि आठ वर्षको जेल सजाय सुनाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top