फागुनमा कुन बैंकको ब्याजदर कति ?

२८ माघ ८०, सोमबार

२९ माघ , काठमाण्डौ ।

वाणिज्य बैंकहरूले फागुन महिनाका लागि पनि ब्याजदर घटाएका छन् । लगानीयोग्य रकम बढ्दै गएपछि बैंकहरुले साउनदेखि नै ब्याजदर घटाउँदै आएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १६ वटा बैंकले ब्याजदर घटाएका छन् । बैंकमा निक्षेप बढ्ने तर कर्जा अपेक्षित रूपमा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएको छ ।

लगानीयोग्य रकम बढ्दै गएको अवस्थामा प्रत्येक महिना बैंकहरूले ब्याजदर घटाउन थालेका हुन् । फागुन महिनाका लागि पनि अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएको सूचना निकालेका छन् । माघ महिनामा बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम नौं प्रतिशत ब्याजदर दिएका थिए ।

Advertisement

फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५ प्रतिशत छ । माघको तुलनामा फागुनमा औसत ब्याजदर ०.४ प्रतिशत बिन्दुले घटेको हो । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा बैंकहरूले ०.०६ प्रतिशतदेखि न्यूनतम ०.८१ प्रतिशतसम्म ब्याजदर घटाएका छन् ।

फागुनको लागि लक्ष्मी सनराइज, माछापुच्छ्रे, हिमालयन र एभरेष्ट बैंकले माघ कै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । लक्ष्मी सनराइज, माछापुच्छ्रे, र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८ प्रतिशत यथावत राखेका छन् ।

Advertisement

हिमालयन बैंकको भने माघ र फागुन दुवै महिना व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.१५ प्रतिशत कायम राखेको छ । फागुनमा कृषि विकास बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गरेको छ । यो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.४४ प्रतिशत ब्याजदर दिने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ७.३५ प्रतिशत छ । प्राइम कमर्सियल बैंकको ७.४ प्रतिशत, नेपाल बैंकको ७.२५ प्रतिशत, सानिमा बैंकको ७.५१ प्रतिशत, प्रभु बैंकको ७ प्रतिशत छ । नेपाल इन्भेस्टमेन्ट बैंकको अधिकतम ८ प्रतिशत, एनएमबी बैंकको ८.५ प्रतिशत, ग्लोबल आइएमइ बैंकको ७.६ प्रतिशत र नबिल बैंकको ७.७६ प्रतिशत ब्याजदर दिएको छ ।

व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल एसबीआई बैंकले अधिकतम ८.१ प्रतिशत, कुमारी बैंकले ८.०१ प्रतिशत र एनआइसी एशिया बैंकले ८ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ । केही बैंकलाई पुँजी कोषको कारण अहिले पनि तरलतामा दबाब छ । यही कारण त्यस्ता बैंकले ब्याजदर माघ र फागुनको लागि यथावत राखेका छन् ।

राष्ट्र बैंकले समेत बैंकहरूले हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था गरिदिएको छ । यो नीतिमा राष्ट्र बैंक लचिलो नहुने संकेत दिदै आएको छ । हाल बैंकहरूमा अझै ५ खर्ब हाराहारी अधिक तरलता छ । पछिल्लो समय लगानीकर्ताहरूको आत्मविश्वास घटेको, उपभोग नबढेको कारण बजार मागमा कमी आएको छ । यसले गर्दा बैंकमा कर्जा माग पनि घटेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top