×

NEPAL TIMES UPDATES

Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026

जनयुद्ध दिवस मनाउन प्रचण्डको अपिल

१ फाल्गुन २०८०

१ फागुन , विराटनगर ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज फागुन १ गते जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन अपिल गरेका छन् । माओवादी केन्द्रले मनाउँदै आएको जनयुद्ध दिवसको २९ औं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध माओवादीले नेतृत्व गरेको भएपनि पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस रहेको बताएका छन् ।

Advertisement
Advertisement

‘तसर्थ, जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले जारी गरेको सन्देशमा उल्लेख छ । उनले जनयुद्धकै जगमा देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र समावेशी लोकतन्त्र संस्थागत भएको बताएका छन् ।

‘जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदाय लगायत उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ।

सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ। यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ,’ सन्देशमा भनिएको छ । प्रधानमन्त्री प्रचण्डले जनयुद्धको जगमा स्थापित भएका अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेको समेत बताएका छन् ।

गत वर्षदेखि सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिन सुरु गरेको थियो । सोही बमोजिम यस पटकको वार्षिक क्यालेण्डरमा समेत जनयुद्ध दिवसका लागि सार्वजनिक विदा जनाउने रातो अक्षरमा लेखिएकामा सर्वोच्च अदालतले उक्त दिनको बिदा बदर गरेपछि सार्वजनिक बिदा नभएको जानकारी मंगलबार मात्रै गृहमन्त्रालयले गराइसकेको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । तर केही पालिका तथा वडाहरुमा भने संघ सरकार तथा सर्वोच्च अदालतको आदेशको उल्लंघन गर्दै सार्वजनिक विदा दिइएको छ । फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह थालनी गरेको दिन सम्झँदै रुकुम पूर्व र पश्चिमका ७ वटा स्थानीय तहले सार्वजनिक दिएका छन् ।

रुकुम पूर्वका पुथा उत्तरगंगा, भुमे र सिस्ने गाउँपालिका तथा पश्चिमका चौरजहारी र आठविसकोट नगरपालिका एवं सानीभेरी र त्रिवेणी गाउँपालिकाले सोमबार सार्वजनिक सूचना जारी गरेर बिदा दिएका हुन् । यी स्थानीय तहहरूले बिदा मात्रै नभएर आज विभिन्न कार्यक्रम समेत गरेर ’जनयुद्ध दिवस’ मनाउने जनाएका छन् ।

फागुन १ लाई जनयुद्ध दिवस’ का रुपमा मनाउन भन्दै माओवादी केन्द्रको नेतृत्वमा रहेका पालिकाहरूमा बिदा दिइएको हो । यस्तै कतिपय स्थानीय तहमा प्रमुख वा उपप्रमुख तथा अध्यक्ष वा उपाध्यक्ष नजितेका ठाउँमा पनि वडाले समेत आफुखुशी बिदा दिएका छन् ।

स्थानीय तहको प्रमुख वा उपप्रमुख तथा अध्यक्ष वा उपाध्यक्षमा अन्य दलबाट निर्वाचित भएका तर वडामा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्षले आफुखुशी आफ्नो वडामा मात्रै भए पनि उक्त दिन सार्वजनिक बिदा दिएका हुन् । गत वर्ष माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्री परिषदले निर्णय गरेर जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सवका रुपमा मनाउने भन्दै सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

 

Advertisement

जसलाई लिएर राजनीतिक वृत्तसंग नागरिकस्तरमा व्यापक आलोचना भएको थियो । सर्वोच्चले पनि जनयुद्ध दिवसमा विदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । विभिन्न मितिमा परेका ६ वटा रिटमाथि सुनुवाई गरेको सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरुको भावना चोट पर्नसक्ने भन्दै जनयुद्ध दिवसमा बिदा दिने निर्णय खारेज गरेको हो । सर्वाेच्चले ‘बिदा दिने निर्णय संविधानको मूल भावनाविपरीत’ भएको समेत बताएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top