Nepal Times
Nepal Times
729
Shares

आज सुनको भाउ स्थिर रहँदा चाँदीको बढ्यो

आज सुनको भाउ स्थिर रहँदा चाँदीको बढ्यो

३ फागुन , काठमाण्डौ । 
नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ।अघिल्लो दिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।बुधबार चाँदी प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।
बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.