×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

डिभोर्स मागेकी प्रहरी श्रीमतीलाई प्रहरी पतिले गोली हाने

४ फाल्गुन २०८०

४ फागुन, विराटनगर ।
दाङको घोराहीमा बिहीबार बेलुका एकजना प्रहरीले प्रहरी नै रहेकी आफ्नी पत्नीलाई गोली हानी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीको दामोदर चोकमा डिउटीमै रहेका बेला प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान् प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले बिहीबार बेलुका गोली हानेर ज्यान लिएका हुन् ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई गोली हान्न बाँकेको नेपालगन्ज तालिम केन्द्रमा कार्यरत प्रहरी जवान यमबहादुर बिहीबार बेलुका साढे ८ बजेतिर मोटरसाइकल चढेर दामोदर चोक पुगेका थिए।

Advertisement
Advertisement

गोली हानेर भाग्दै गरेका यमबहादुरलाई प्रहरीले लमही नगरपालिका–६ अर्जुनखोलाबाट पक्राउ गरेको थियो। उनका साथबाट लोड रहेको बेरेटा नाइन एमएम पेस्तोल १ थान र त्यसमा लाग्ने म्यागेजिन र ७ राउन्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

गोली प्रहारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले मगरलाई मृत घोषणा गरेका थिए । श्रीमतीलाई गोली हानी हत्या गर्ने सहायक हवलदार झाँक्रीलाई प्रहरी पेस्तोलसहित लमहीबाट पक्राउ गरेको छ । सहायक हवलदार झाँक्री कर्णाली प्रदेश प्रहरी कार्यालय(हाल नेपालगन्ज बाँके)का एसएसपीका बडिगार्ड हुन् ।

Advertisement

गोली हान्नुको कारण विस्तृत रूपमा नखुलेको भए पनि उनीहरूबीच दाम्पत्य सम्बन्ध राम्रो नरहेको प्रारम्भिक अनुसन्धान देखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लका अनुसार धनमाया यमबहादुरसँग सम्बन्ध विच्छेद गर्ने तयारीमा थिइन्। उनका अनुसार ३५ वर्षीय यमबहादुर र २६ वर्षीया धनमायाका एक छोरीसमेत छिन्।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top