नाभाल्नी मृत्यु प्रकरणमा अमेरिकी वक्तव्यः पुटिन दोषि

५ फागुन, एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युलाई लिएर अमेरिकाले रुसको चर्को आलोचना गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले नाभाल्नीको मृत्युमा पुटिन जिम्मेवार रहेको आरोप लगाएका छन् ।

वक्तव्य जारी गरी बाइडेनले नाभाल्नीको मृत्युको समाचारले आफूलाई अचम्मित पारेको नभई आक्रोशित बनाएको बताएका छन्। ‘नाभाल्नी बहादुरीका साथ भ्रष्टाचार, हिंसा र पुटिन सरकारका सबै कामको आलोचक थिए, नाभाल्नीको मृत्युको जिम्मेवार पुटिन हुन’, उनले भनेका छन्।

यस्तै उपराष्ट्रपति कमला ह्यारिसले पनि नाभाल्नीको मृत्यु भएलगत्तै प्रतिक्रिया दिँदै घटना रुसी राष्ट्रपति पुटिनको क्रुरताको अर्को संकेत भएको टिप्पणी गरेकी थिइन् । १९ वर्षको जेल सजाय काटिरहेको नाभाल्नीको शुक्रबार जेलमै मृत्यु भएको थियो ।

४७ वर्षीय नाभाल्नीलाई रुसको सबैभन्दा खतरनाक मानिने जेलमा राखिएको थियो । उनलाई खतरनाक जेलमा सारेदेखि नै पुटिनका आलोचकले नाभाल्नीलाई मार्ने योजनामा जेल सरुवा गरिएको आरोप लगाउँदै आएका थिए ।

यता पुटिनका प्रवक्ताले भने नाभाल्नीको मृत्युको कारण खोजी गरिरहेको जनाएको छ । तर थप जानकारी दिएको छैन । सन् २०२० मा नाभाल्नीलाई स्नायुमा असर गर्ने नोविचोक दिएर विषाक्त बनाइएको दाबी गरिएको थियो ।

साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उनी बिरामी परेका थिए । त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किएलगत्तै पक्राउ परेका नाभाल्नी त्यसयता जेलमै थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top