आज नेप्सेमा २७ अंकको गिरावट

५ फागुन ८०, आइतबार

६ फागुन ,काठमाण्डौ ।

आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.२१ अंकले घटेर बन्द भएको छ । कारोबार अवधिदेखि नै घट्न सुरु गरेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.३१ प्रतिशत घटेर बन्द भएको हो । यससँगै २०६० अंकबाट सुरु परिसूचक २०३४ अंकमा आएर रोकिएको छ ।

यसक्रममा आज २१ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेका छन् । यसबाहेक २२५ वटा कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्य भने स्थिर कायम छ । परिसूचक दोहोरो अंकले घटेको दिन आज ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ७२ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

Advertisement

परिसूचक घटे पनि आज बोटलर्स नेपाल ९बालाजु० को सेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतले बढेसँगै ९३१ रुपैयाँले बढेर कम्पनीको सेयर मूल्य १० हजार २४२ रुपैयाँ पुगेको छ । यसपछि, सामाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा समेत १० प्रतिशतको वृद्धि आएको छ । आज सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य भने ८.२१ प्रतिशतले घटेको छ ।

उच्च अंकले परिसूचक घटेको दिन आज सबैजसो समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी समूह सूचक २०६ अंकले घटेको छ । यस्तै, जीवन बीमा समूहको सूचक १३९ अंकले घटेको छ भने विकास बैंक समूहको सूचक ६९ अंकले घटेको छ । यसअघि, गत साताको बिहीबार परिसूचकमा १४ अंकले घटेको थियो ।

Advertisement

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top