Nepal Times
Nepal Times
3
Shares

सिनावात्रा पेरोलमा छुटे

सिनावात्रा पेरोलमा छुटे

६ फागुन ,एजेन्सी ।

भ्रष्टाचार र सत्ता दुरुपयोगमा दोषी ठहरिएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा पेरोलमा रिहा भएका छन् । ७४ वर्षीय सिनावात्रा रिहा भएपछि बैंककस्थित आफ्नो घर पुगेका छन् । उनी गत वर्ष अगष्टमा १५ वर्षको निर्वासनबाट थाइल्याण्ड फर्किएका थिए ।

लगत्तै उनलाई हिरासतमा राखिएको थियो । अदालतले उनलाई आठ वर्षको जेल सजायँ सुनाए पनि त्यहाँका राजाले त्यसलाई घटाएर एक वर्ष कायम गरिदिएका थिए । जेल सजायँ सुनाइए पनि स्वास्थ्य समस्याका कारण उनी एक दिन पनि जेलमा थुनिनु परेन ।

उनी अस्पतालमा भर्ना थिए । त्यहीँबाट उनी पेरोलमा रिहा भएका हुन् । पेरोल भनेको कुनै कैदीलाई सर्तको पालना गर्दै समाजमा फर्किन र परिवार तथा साथीभाइसँग मिलजुल गर्न दिइएको विशेषाधिकार हो । यसलाई अस्थायी रिहाइ पनि भनिन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.