×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मेलम्चीमा पनि भ्रष्टाचार,कसले कति खाए ?को–को हुन् आरोपी ?

६ फाल्गुन २०८०

६ फागुन ,काठमाण्डौ । 

काठमाडौं उपत्याकावासीको वर्षाैदेखिको खानीपानीको सपना बनेको मेलम्ची खानेपानी आयोजनामा समेत ब्यापक भ्रष्टचार भएको खुलेको छ । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।

Advertisement
Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्व सचिवसहित १८ जनालाई मुद्धा दायर गरेको छ । आइतबार आयोगले मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. संजय शर्मा, भीम प्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसमेत १५ जनालाई मुद्धा दायर गरेको हो ।

यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ । मुद्दा दायर गरिएकामा परामर्श दाता र ठेकेदार कम्पनी पनि छन् ।

आयोगले विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनकाअनुसार मेलम्ची आयोजनाको निर्माण व्यवसायी सिएमसी दि रभेन्नालाई रनिङ बिलमा काम नै नगरी भुक्तानी गरेको, निर्माण व्यवसायीले छाडेर गएको मेसिन, यन्त्र, उपकरण र अन्य सामग्रीको रेन्टल चार्जसमेत कट्टा नगरी भुक्तानी गरेको आरोपपत्रमा उल्लेख छ ।

 

आयोगले तत्कालीन मेलम्ची आयोजना बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका सचिव सञ्जय शर्मा, अर्थमन्त्रालयका तत्कालीन सह–सचिव मुकुन्दप्रसाद पौडेलबाट ६ करोड ९७ लाख ८२ हजार १७८ रूपैयाँ बिगो दाबी गरेको छ ।

त्यस्तै मेलम्ची खानेपानी विकास समिति बोर्डको तत्कालीन अध्यक्ष र खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यक्षसँग ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ बिगो मागदाबी गरिएको छ । मेलम्ची खानेपानी बोर्डका अध्यक्ष गजेन्द्रकुमार ठाकुरसँग ६० करोड ४९ लाख १९ हजार ८८४ बिगो माग दाबी गर्दै उनीविरूद्ध पनि मुद्दा दायर गरिएको छ ।

Advertisement

भीम उपाध्याय सुशासनका लागि सरकारलाई खबरदारी गर्ने क्रममा सामाजिक संजालमा अग्रणी स्थानमा देखिन्छन् । तर तिनै उपाध्याय खानेपानीमा समेत करोडौं भ्रष्टचार गरेको अभियोगमा मुछिएका छन् । सामाजिक संजालमा निकै सक्रिय उपाध्यायले सरकार, दलहरु, नेतादेखि समसामयिक संदर्भमा खरो टिप्पणी गर्दै आएका छन् ।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top