Nepal Times
Nepal Times
3
Shares

पपुवा न्युगिनीमा ६४ जनामाथि गोली वर्षियो

पपुवा न्युगिनीमा ६४ जनामाथि गोली वर्षियो

७ फागुन , एजेन्सी ।

पपुवा न्युगिनीको दुर्गम पहाडी क्षेत्रमा कम्तीमा ६४ जनाको गोली हानी हत्या गरिएको छ । देशको प्रहरी प्रवक्ताले बताएअनुसार सप्ताहन्तमा एन्गा प्रान्तमा आदिवासी विवादका क्रममा मानिसहरूलाई गोली हानी मारिएको हो । हाइल्यान्ड क्षेत्रको इतिहास हिंसाले भरिएको छ तर यो यस घटनालाई पछिल्ला केही वर्षयताकै सबैभन्दा ठूलो हिंसा मानिएको छ ।

यहाँ अवैध हतियारको संख्या बढेको छ र यो यस क्षेत्रमा हिंसा बढ्नुको प्रमुख कारण हो । प्रहरीले राजधानी पोर्ट मोरेस्बीबाट करिब ६०० किलोमिटर उत्तरपश्चिमको वाबाग सहरनजिकै घटनास्थलमा शव संकलन गर्न थालेको छ । अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार रोयल पपुवा न्युगिनी कन्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भने, ‘मैले एन्गामा यति ठूलो हिंसा यसअघि कहिल्यै देखेको थिइनँ । सम्भवतः सम्पूर्ण हाईल्यान्ड्समा यो सबैभन्दा ठूलो हिंसा हो।’

उनले थपे, ‘हामी यसबाट चिन्तित छौँ र के भयो भनेर बुझ्न प्रयास गरिरहेका छौँ।’ प्रायः जमिन र सम्पत्ति बाँडफाँडका विषयमा बढ्दै गएको जनजाति द्वन्द्वले गत वर्ष जुलाईमा एन्गामा तीन महिना लकडाउन गरिएको थियो, जसअन्तर्गत प्रहरीले कर्फ्यु र यात्रामा प्रतिबन्ध लगाएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.