आज सुन–चाँदीको भाउ स्थिर

८ फागुन ८०, मंगलबार

८ फागुन ,  काठमाण्डौ ।

Advertisement

मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।सोमबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ आज स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।सोमबार प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top