Nepal Times
Nepal Times
3
Shares

युद्धविरामका लागि इजरेल र हमास सकारात्मक

युद्धविरामका लागि इजरेल र हमास सकारात्मक

१४ फागुन, एजेन्सी । 

इजरायल–गाजा युद्धविरामबारे पेरिसमा भइरहेको वार्ता सकारात्मक हुने आशा गरिएको छ । पेरिसमा युद्धविराम र बन्धकहरुलाई रिहा गर्ने विषयमा वार्ता भइरहेको छ । यो सम्झौतामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको रिहाइको माग पनि समावेश छ । यसअघि इजरायले हमालले बन्धक बनाएका आफ्ना नागरिकलाई रिहाइ गर्न समयसीमा दिएको थियो ।

जारी छलफलमा बन्धकहरूको रिहाइ र अस्थायी युद्धविरामबारे आधारभूत समझदारी भएको बताइएको छ । यसै संदर्भमा कतार र इजिप्टमा दुई चरणको वार्ता गराउने तयारी भएको छ । दोहा र कायरोमा हुने छलफलका लागि इजिप्ट, कतार, संयुक्त राज्य अमेरिका र इजरायलका विशेषज्ञहरूको सहभागितामा वार्ताको तयारी भएको हो ।

वार्तामा हमास आन्दोलनको एक प्रतिनिधिमण्डल पनि सहभागी हुने इजिप्टका एक अधिकारीलाई उद्धृत गर्दै अल काहेरा समाचारले जनाएको छ । यस्तै इजरायलको मन्त्रिपरिषद्ले पनि गाजा युद्धविराम सम्झौतामा वार्ता जारी राख्न एक प्रतिनिधिमण्डल कतार पठाउने भएको छ । कतारको राजधानी दोहामा भइरहेको वार्ताका लागि आफ्नो प्रतिनिधि मण्डल पनि पठाउने बताएको हो ।

प्रतिनिधिमण्डलमा गैर–वरिष्ठ अधिकारीहरू सम्मिलित हुने बताइएको छ । आक्रमणमा करिब १ हजार २०० इजरायलीहरू मारिएका छन् भने २०० जनाभन्दा बढीलाई बन्धक बनाइएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको पछिल्लो तथ्यांकअनुसार त्यसयता इजरायली सेनाले गरेको आक्रमणमा २९ हजार ६९२ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ६९ हजार ८७९ जना घाइते भएका छन् ।

इजिप्ट, कतार र संयुक्त राज्यले अमेरिकाले इजरायल र हमासबीच एक हप्ता लामो युद्धविराम मध्यस्थता गरेको थियो । युद्धविराममा प्यालेस्टिनी कैदी र इजरायली बन्धक आदानप्रदानका साथै गाजामा थप मानवीय सहायता वितरण गरिएको थियो । यसैबीच, इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई राजीनामा दिन दबाब बढेको छ ।

हिजो इजरायलको तेलअभिभमा नेतान्याहुको राजीनामा माग गर्दै प्रदर्शन भएको खबरमा उल्लेख छ । यसअघि गएको अक्टोबर ७ मा हमासले आक्रमण गर्नुअघि इजरायलमा सरकार विरोधी प्रदर्शनहरू भइरहेका थिए । प्रदर्शनकारीले नेतान्याहुले बन्धकहरूलाई मुक्त गर्न भन्दा हमासलाई हराउनमा बढी चासो राखेको बताएका छन् ।

यसैबीच अमेरिकाको वाशिंगटनमा इजरेली दूतावास बाहिर एक वायुसेनाका जवानले स्वयंलाई आगो लगाएका छन् । प्रहरीका अनुसार यो घटना स्थानीय समयानुसार आइतबार दिउँसो भएको हो । ती व्यक्तिले इजरेलको दूतावास अघि उभिएर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई अमेरिकी सिक्रेट सर्भिसका अकिारीहरु र डीसी अग्निनियन्त्रक दलले आगो निभाएर उद्यार गरेका थिए ।

तर अस्पतालमा भर्ना गरिएका उनको अवस्था गम्भीर रहेको बताइएको छ । एरन बुशनेल नाम गरेका उनी अमेरिकी वायुसेनाका एक सक्रिय सैनिक रहेका स्थानीय मिडियाहरुले बताएका छन् । आत्मदाहको प्रयास गर्नुअघि उनी आफैले भिडियो बनाएका थिए । भाइरल भएको सो भिडियोमा उनले नरसंहारमा सहभागी नहुने बताएका छन् ।

साथै फ्रि प्यालेस्टाइनको नारा लगाएका छन् । अमेरिकाले हमासविरुद्धको युद्धमा इजरेललाई सघाएकोमा अमेरिकी नागरिकहरु नै खुसी छैनन् । बेलाबेला त्यहाँ विभिन्न ठाउँमा फ्रि प्यालेस्टाइन भन्दै प्रदर्शनसमेत हुँदै आएको छ । अमेरिकाले गाजामा युद्ध अन्त्य गर्नेसम्बन्धी राष्ट्रसंघको प्रस्तावमा समेत भिटो प्रयोग गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.