×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लाल सागरमा रोकिएन आक्रमण, हुथीमाथि अमेरिका फेरि जाइलाग्यो

१५ फाल्गुन २०८०

१५ फागुन, एजेन्सी । 

गाजापट्टीमा इजरेल–हमास युद्ध शुरू भएदेखि लाल सागरमा अन्तर्राष्ट्रिय शिपिंग लेनबाट आवतजावत गर्ने व्यापारिक जहाजहरुमाथि अहिलेसम्म लगभग २ दर्जन हमला भइसकेको छ । यमनका हूथी विद्रोहीले त्यहाँ जहाजहरुलाई निशाना बनाइरहेका छन्। अमेरिका, ब्रिटेनसमेत कयौं देशहरुले खुल्ला शब्दमा चेतावनीसहित कारबाही समेत गर्दा पनि हूथीले आफ्नो अडान जारी राखेको छ ।

Advertisement
Advertisement

यसैबीच अमेरिकाले फेरि एक पटक कडा कारबाही गरेको छ । उनले लाल सागरमा बढिरहेको तनावका बीच यमनका हूथी नियंत्रित इलाकाहरुमा आत्मरक्षाका लागि भन्दै हमला गरेको छ । अमेरिकी सेंट्रल कमान्ड (CENTCOM)का अनुसार यो हमलामा २ मोबाइल एंटी–शिप क्रूज मिसाइलहरु (ASCM), तीन मानव रहित सतही जहाजहरु (USV) र एकतर्फी हमला गर्ने खालका मानव रहित हवाई वाहन (UAV)नष्ट भएका छन् ।

सेनाले भनेको छ कि यो हमलाको उद्येश्य लाल सागर र आसपासका जलमार्गहरुमा अमेरिका र साझेदारहरुलाई धम्की दिनका लागि प्रयोग गरिने खालका हूथी क्षमताहरुलाई नष्ट गरेर नेभिगेशनको स्वतंत्रता बहाल गर्नु हो । अमेरिकाको मध्य कमानले भनेको छ कि हुथीका यूएसवी र एएससीएम हतियार आक्रमण गर्नकालागि तयारी अवस्थामा थिए ।

यस्तै लाल सागरमाथि मानव रहित हवाई वाहनहरु प्नि घुमिरहेका थिए । तिनले हमला गर्न लाग्दै थिए भन्ने हामीले पछि मात्रै थाहा पायौं । यस्तोमा लाल सागरमा व्यापारी जहाजहरु र अमेरिकी नौसेनाका जहाजहरुका लागि खतराको अवस्था बुझेर हामीले कारबाहीको फैसला गरेका हौ ।

अमेरिकी मध्य कमानले अघिल्लो हप्ता १९ फेब्रुअरीमा पनि युमनका हुथी नियन्त्रित क्षेत्रहरुमा हावामा आक्रमण गर्ने खालका मिसाइलहरु पत्ता लगाएर नष्ट गरेको जनाएको थियो । गाजामा जारी इजरेली हमलाको विरोध गर्दै हुथीले लाल सागरमा त्यसको प्रतिकारात्मक आक्रमण जारी राखेको हो ।

Advertisement

मध्यपूर्वमा गाजामा भइरहेको तनावको कारण अमेरिका रहेको हुथीले ठानेको छ । यसै कारण उसले अदनको खाडीमा व्यापारिक जहाजहरुविरुद्ध आक्रमण गरिरहेको छ । साथै कहिले इरान त कहिले जोर्डन, सिरियामा पनि अमेरिकी सेना र अमेरिकी प्रतिष्ठानमाथि हमला भइरहेको छ । हालै टर्किएमा २ बंदूकधारी एक अमेरिकी कंपनीमा पसेका थिए । उनीहरुले कम्पनीमा रहेका ७ जनालाई बन्धक बनाएका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top