१५ फागुन, काठमाण्डौ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल क्रिकेट संघले पारिश्रमिकको विषयमा महिला र पुरुषबीच भेदभाव गरेको आरोप लगाएका छन् । नेपाल क्रिकेटसँगले हिजो गरेको निर्णयविरुद्ध प्रश्न उठाउदै उनले , “ समान कामकोलागि समान ज्याला” आधुनिक लोकतन्त्रको आधारभूत सिद्धान्त र मान्यता हो नेपालको संविधानको भाग–३ मौलिक हक र कर्तव्य अन्तरगत धारा १८ समानताको हक को उपधारा (४०) मा प्रष्ट लेखिएको छ “ समान कामकालागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन।”
भनेर लेखेको उल्लेख गर्दैै क्यानले पुरुष र महिला खेलाडीलाई यस्तो विभेद कसरी गर्न सक्छ भन्दै प्रश्न गरेका छन् । क्यानले सोमबार महिला खेलाडी र पुरुष खेलाडीको पारिश्रमिक निर्धारण गरेको थियो । क्यानले तोकेको पारिश्रमिकमा ए मा परेका पुरुष खेलाडीले १ लाख पारिश्रमिक पाउँछन् भने ग्रेड एमा पर्ने महिला क्रिकेटरले मासिक ५० हजार रुपैयाँ तलब पाउने छन् ।
क्यानले कप्तान रोहितकुमार पौडेल सहित केन्द्रिय सम्झौताको ए ग्रेड मा परेका ६ खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने भएको छ । पुरुषतर्फ बी ग्रेडलाई ७० हजार, सी लाई ५५ हजार, डी लाई ३५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
त्यस्तै महिलातर्फ ए ग्रेडका खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बी ग्रेडलाई ३५ हजार, सी लाई ३० हजार, डी लाई २५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २० हजार रुपैयाँ दिने निर्णय गरेको हो । पुरुषतर्फ ३० खेलाडीले केन्द्रिय सम्झौता प्राप्त गर्दा महिलातर्फ १९ जना ग्रेडीङमा परेका छन् ।