भाजपाले बाँसुरीलाई बनायो लोकसभाको उम्मेदवार

२१ फागुन ,  एजेन्सी । 
भारतीय जनता पार्टीले दिवंगत पूर्व केन्द्रीय मन्त्री सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजलाई उम्मेदवार बनाएको छ । उनलाई २०२४ मा हुन गइरहेको लोकसभा निर्वाचनका लागि भाजपाले नयाँदिल्लीबाट उम्मेदवार बनाउने घोषणा गरेको छ । बाँसुरीलाई हालकी सांसद एवं मोदी सरकारका विदेशमन्त्री एस जयशंकरकी जूनियर मन्त्री मिनाक्षी लेखीको स्थानमा उमेद्वार बनाइएको हो ।

भारतीय मिडियाहरुका अनुसार पूर्व विदेश मन्त्री सुष्मा स्वराजकी छोरी बांसुरी स्वराजलाई नयाँ दिल्ली सीटबाट मैदानमा उतार्ने निर्णय लिनुका पछाडि पार्टी कार्यकर्ताहरुबीच उनलाई प्राप्त समर्थन हो । पछिल्ला दिनहरुमा उनी कार्यकर्ताहरुसंग जोडिने कुरामा निकै सक्रिय रहेकी छिन् ।

दिल्ली बीजेपीका एक वरिष्ठ नेता भन्छन्, ’’उनी निकै मिलनसार छिन र पार्टी कार्यकर्ताहरु उनमा दिवंगत आमा सुष्मा स्वराजको छवि देख्छन्’’ । यता बाँसुरी स्वराजले पनि उम्मेदवार बनेपछि खुसी व्यक्त गरेकी छिन् । उनले भनिन्, ‘म प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाह जीप्रति धेरै आभारी छु ।

Advertisement

मलाई मौका दिनु भएकोमा म भाजपाका हरेक नेतालाई धन्यवाद दिन चाहन्छु ।’ उनले अगाडि भनिन, ‘यसपटक फेरि मोदी सरकारको संकल्पका साथ भाजपाका कार्यकर्ताहरू नयाँ दिल्ली लोकसभा सिटमा जानेछन् र म ढुक्क छु कि फेरि पनि प्रधानमन्त्री मोदीलाई देशको प्रधानमन्त्री बनाइने छ ।’

आमा सुष्मा स्वराजलाई सम्झँदै बाँसुरी स्वराजले भनिन्, ‘मसँग आमाको आशीर्वाद छ तर त्यो टिकट पाएको छैन । भाजपाका हरेक कार्यकर्ताले यो टिकट पाएका छन् ।’ पेसाले वकिल बनेकी बाँसुरी स्वराजले वारविक विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा बीए (अनर्स) गरेपछि लन्डनको बीपीपी ल स्कूलमा कानुनको अध्ययन गरेकी थिइन् ।

Advertisement

उनले अक्सफोर्ड युनिभर्सिटीको सेन्ट क्याथरिन कलेजबाट मास्टर अफ स्टडीज पनि पूरा गरिन् भने बाँसुरी स्वराज २००७ मा बार काउन्सिल अफ दिल्लीमा भर्ना भएकी थिइन् । भाजपाकी प्रभावशाली नेतृ तथा पूर्वविदेश मन्त्री स्वराजको ४ वर्षअघि ह्दयघातका कारण निधन भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top