×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गृह मन्त्रालय आफूले पाउनुपर्ने रविको अडान !

२१ फाल्गुन २०८०

२१ फागुन , काठमाण्डौ ।

एक वर्षपछि आज पुनर्जीवित भएको नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनले सत्ताको भागबन्डाका लागि ४ सदस्यीय कार्यदल बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बालुवाटार बैठकले उक्त कार्यदल बनाएको हो ।

Advertisement
Advertisement

यो कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन अनन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन् । चार सदस्यीय यो कार्यदलले नयाँ गठबन्धनमा आन्तरिक छलफल गरेर शक्ति बाँडफाँटको समेत टुंगो गर्नेछ ।

त्यस्तै मन्त्रालय भागबन्डासहितका विषयमा लागि यो कार्यदलले नयाँ गठबन्धनका सबै दलसँग पहल गर्ने बताइएको छ । यो कार्यदलले मन्त्रालयको बाँडफाँट गरेर त्यहीअनुसार सत्ता सहकार्य अघि बढाउने गरी शीर्ष नेताहरूमा प्रतिवेदन दिने भएको छ । एमालेसहितको गठबन्धन फर्किएपछि सोमबार एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद अर्यालले मन्त्रीको शपथ लिने भएका छन् ।

कार्यदलमा रहेका चारैजना नेताहरू पनि नयाँ गठबन्धनबाट मन्त्रीका दाबेदार हुन् । पौडेल र पुनमध्ये एकजना अर्थमन्त्री हुने निश्चित छ । उता रास्वपा सभापति लामिछानेले फेरि गृहमन्त्रालयमा दाबी गरेका छन् । यसबारे टुंगो गर्ने जिम्मा प्रचण्डले ओलीलाई दिएका छन् ।

कार्यदलमा रहेकासहित केही सिनियर नेताहरूले भने दोस्रो चरणमा मन्त्रीको शपथ लिने भएका छन् । कार्यदलको जिम्मेवारी पूरा गरिसकेपछि मात्रै अर्को चरणमा उनीहरूले मन्त्रीको जिम्मेवारी सम्हाल्ने नेताहरुले बताएका छन् । तर नयाँ गठबन्धनमा गृह मन्त्रालय कसले लिने भन्ने विषयमा गठबन्धनको ठूलो दल एमाले र तेस्रो दल रास्वपाबीच विवाद देखिएको छ ।

गत वर्षको पुस १० गते एमालेको समर्थनमा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदा भएको सहमतिमा गठबन्धन पुगेको बताइरहँदा रास्वपाले उपप्रधानसहित गृहमन्त्रीमा दाबी गरेको हो । त्यतिबेला रास्वपा सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्री बनेका थिए ।

त्यसैलाई आधार मानेर रास्वपाले उपप्रधानसहित गृह मन्त्री आफूहरुले पाउनुपर्ने अडान राखेको छ । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय पाउँदा पार्टीबाट आफैंले नेतृत्व गरेर सरकारमा जाने चाहना लामिछानेले राखेका छन् । तर, एमालेले पनि गृहमन्त्रीमा आफ्नो दाबी राखिरेहको छ ।

Advertisement

अर्थमन्त्री माओवादीले राख्ने भएपछि एमालेले अर्को महत्वपूर्ण मन्त्रालय नछाड्ने अडान राखेको हो । एकीकृत माओवादीका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने सम्भावना बलियो छ । यता रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान कायम राखेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top