Nepal Times
Nepal Times
3
Shares

प्रारम्भिक चुनावमा निक्की हेलीको पहिलो जित ,अमेरिका र चीनको सम्बन्ध सुध्रिने

प्रारम्भिक चुनावमा निक्की हेलीको पहिलो जित ,अमेरिका र चीनको सम्बन्ध सुध्रिने

२१ फागुन , एजेन्सी । 

अमेरिकाको राष्ट्रपति पदको उम्मेदवारका लागि भएको प्रारम्भिक चुनावमा निक्की हेलीले पहिलो पटक जितेकी छिन् । रिपब्लिकन पार्टीबाटै राष्ट्रपति चुनावको उमेद्वार बन्नका लागि कोलम्बियामा भएको चुवानमा हेलीले जित निकालेकी हुन् । यसअघि भएका चुनावमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जित्दै आएका थिए ।

हेलीको विजयी सुरुवातले ट्रम्पको जितको सिलसिला रोकिदिएको छ । हेलीले आउँदो राष्ट्रपतिको चुनावमा मतदाताले आफ्नै पार्टीका ट्रम्पको विकल्प खोज्नुपर्ने बताउँदै आएको खबरमा उल्लेख छ । तर अहिलेसम्मको चुनावी अभियानमा ट्रम्प अगाडि छन्। अमेरिकामा राष्ट्रपतिको चुनाव आउँदो नोभेम्बरमा हुनेछ ।

यसै बिच चीनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो सुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार आउने आशा व्यक्त गरेको छ । बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा प्रविधि, व्यापार, मानव अधिकारका साथै ताइवान र दक्षिण चीन सागरमा प्रतिस्पर्धात्मक दाबीका मुद्दाहरूमा टकराब छ ।

ह्वाइट हाउसको नेतृत्वका लागि राष्ट्रपति जो बाइडेनविरुद्ध पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिने गरी आगामी नोभेम्बरमा हुने चुनावमा अमेरिकीहरूले भाग लिनेछन् । “तपाईंले अमेरिकी राष्ट्रपतिको चुनावको बारेमा उल्लेख गर्नुभयो, यो संयुक्त राज्य अमेरिकाको आन्तरिक मामिला हो,” चिनियाँ संसद्का प्रवक्ता लू किन्जियानले सोमबारको पत्रकार सम्मेलनमा भने ।

“संयुक्त राज्य अमेरिकाले चीनसँग जो सुकै राष्ट्रपति भए पनि अमेरिकाले एउटै लक्ष्यका साथ अर्थात् स्थिर, स्वस्थ र दिगो चीन–अमेरिका सम्बन्धका लागि काम गर्न सक्छ भन्नेमा हामी पूर्ण आशा गर्छौं,” लूले भने । चीनको स्थिति स्थिर रहेको र चीन–अमेरिकाबीचको सम्बन्ध स्थिर र सुधारिएको अवस्थामा देख्न सबै आतुर रहेको उनले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.