शेयर बजारको उत्साह एक दिन पनि टिकेन

२१ फागुन ८०, मंगलबार

२२ फागुन, काठमाण्डौ । 

नयाँ सत्ता गठबन्धन बनेसँगै शेयर बजारका लगानीकर्तामा देखिएको उत्साह घटेको छ । सोमवार ११७.७० अंकले बढेको नेप्से परिसूचक मंगलबार उच्च दरमा घटेको हो । सोमवार नयाँ गठबन्धन बनेसँगै अर्थमन्त्रीमा विष्णु पौडेल आउने अपेक्षाले शेयर बजार ६ प्रतिशतले बढेर कारोबार बन्द भएको थियो । तर मंगलबार नेप्से परिसूचक ७०.३१ अंक घटेर २००७.६९ बिन्दुमा ओरालो लागेको छ ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स ११.९७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ४.७६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९७ अंकले घटेको छ । मंगलवार कारोबारमा अएका ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार कित्ता शेयर ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवार नेप्से परिसूचक ९ लाख ३४ हजार ९ सय १९ कित्ता शेयर ३७ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको थियो ।

Advertisement

मंगलवार उच्च अंकले नेप्से परिसूचकमा गिरावट आउँदा दुई कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा बोटलर्स नेपाल (बालाजु) र जोशी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

तर यता गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने ८.७३ प्रतिशत बढेको छ । त्यस्तै बोटलर्स नेपाल (तराई) को शेयरमूल्य करिब साढे ९ प्रतिशत घटेको छ भने प्रभु इन्स्योरेन्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी घटेको छ । नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहकोे परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक मात्रै बढेको छ ।

Advertisement

जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको छ । त्यस्तै,अन्य उपसमूहको परिसूचक ४.३५ प्रतिशत,जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै,बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । मंगलवार सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ४१ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

सम्बन्धित समाचार

Scroll to Top