×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

रविलाई पत्रः वाचा किन भुलेको ?प्रचण्ड ओलीलाई किन बोकेको ?

२२ फाल्गुन २०८०

२२ फागुन, काठमाण्डौ । 
नेपालमा आफूलाई प्रमुख बैकल्पिक शक्तिमा उभ्याएको देशको चौथो ठूलो राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नै वाचाविपरित पूराना राजनीतिक दलहरुकै साथ लागेर सत्तामा गएपछि पार्टी भित्रै यसको ब्यापक विरोध सुरु भएको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएपछि मिसन ८४ अभियानमा रहेको रास्वपाले फेरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धन गरेपछि पार्टीभित्रै विरोध भएको छ ।

केन्द्रीय सदस्य गणेश कार्कीले विरोधसहित पार्टीलाई पत्र लेखेका छन् । उनले पार्टी नेतृत्वले कुरा फेरेको भन्दै आक्रोश पोखेका हुन् । पार्टीले अब पुराना दलका नेताहरुलाई नबोक्ने निर्णय नै गरेको थियो । कार्कीले रोक्ने भनिएका दलका नेताहरुलाई बोक्ने के परिस्थिति आइलाग्यो भनी नेतृत्वलाई प्रश्नसमेत गरेका छन् ।

Advertisement
Advertisement

उनले पार्टीले खोल्ने भनेका ठूला भ्रष्टाचारका फाइल अब के हुन्छन् भनी प्रश्नसमेत गर्दै यसको जवाफ खोजेका छन् । उनले भनेका छन्, ‘वाचापत्रमा फाइल खोल्ने भनेर हाम्रो वाचापत्रमा नै लेखिएका मुद्दाहरु ललिता निवास सरकारी जग्गा किनबेच काण्ड, वाइड बडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यति र ओम्नी काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्ड लगायतका काण्डहरु अब के हुन्छन् ? ’त्यस्तै ‘हामीले दस्तावेजमा गरेको गत ५ वर्षको राजनीतिक समीक्षा केवल मतदातालाई झुक्याउने प्रपञ्च मात्रै थियो कि के थियो ?’ भनी प्रश्नसमेत गरेका छन् ।

उनले सो पत्रको शुरुआतमै आफूले कुरा फेर्न नजानेका कारण साथीहरुमा पर्न जाने असुविधाका लागि क्षमासमेत मागेका छन् । उनले भनेका छन्, सत्तास्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर जुन जोगी आए पनि कानै चिरेको भनेर आमनागरिकहरुको निराश मनस्थितिमा हामी अलग छौँ, अलग रहनेछौँ र अलग गर्नेछौँ भनेर मत मागेका थियौँ । हामी पनि उनीहरु जस्तै छौँ भन्न आफ्नै कान किन आफैँले चिर्न थाल्यौँ ? यो प्रश्नको जवाफ मसँग छैन ।

यस्तै उनले भनेका छन् प्रचण्ड नेतृत्वमा कांग्रेस हटाएर एमाले हुँदैमा के फरक पर्छ ? र पुरानाकै नेतृत्वमा सरकार बन्दा कुन आशाको सञ्चार हुन्छ ? यो नखोजी एमालेसँग अँगालो हाल्दै किन बालुवाटार गयौँ ? यसको जवाफ मसँग छैन । अधिकतम २५ जनाको मन्त्रिपरिषद् हुने नेपालमा प्रतिनिधि सभामा मात्रै २७५ सांसद हुन्छन् । मन्त्री नभइ केही गर्नै नसकिने भाष्य निर्माण गर्ने हो भने त्यसले मन्त्री हुनबाट बाँकी रहने २५० सांसदहरुको उपस्थितिलाई अर्थहीन, बेकाम्मे भन्छ कि भन्दैन ? यसको जवाफ मसँग छैन ।

कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी, संसदीय दलको नेता र नेपाली नागरिकलाई बोधार्थ दिएको पत्रमा प्रश्न सोधेका छन्, वाचापत्रमा फाइल खोल्ने भनेर हाम्रो वाचापत्रमा नै लेखिएका मुद्दाहरु ललिता निवास सरकारी जग्गा किनबेच काण्ड, वाइड बडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यति र ओम्नी काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्ड लगायतका काण्डहरु अब के हुन्छन् ? हामीले दस्तावेजमा गरेको गत ५ वर्षको राजनीतिक समीक्षा केवल मतदातालाई झुक्याउने प्रपञ्च मात्रै थियो कि के थियो ?

त्यसमा संलग्न भनेर विवादित रहेका व्यक्तिहरुकै सहभागितामा यी काण्डहरुको निष्पक्ष छानविन हुन सम्भव होला रु राष्ट्रपति गैरराजनीतिक व्यक्ति हुनु पर्ने भन्दै वकालत गरेका हामीले आफ्नोतर्फबाट गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउँन सकौँला रु खारेजै गर्नु पर्छ भनिएको संवैधानिक परिषदमा रहने पद हाम्रो भागमा पर्यो भने हामी नाइँ भनौँला ? हाम्रो पार्टीको चरित्र हिजो हामीले नै आलोचना गरेका पार्टीहरु भन्दा भिन्न के भयो ? यस्ता धेरै प्रश्नहरु दिमागमा खेलिरहेका छन्, नागरिकहरुले सोधिरहेका छन्, जसको जवाफ मसँग छैन ।

Advertisement
Advertisement

यी प्रश्नहरुको जवाफ दिन नसके पछि आफ्नो नैतिकताले सरकारलाई समर्थन गर्ने कुरामा सहमत हुन सकिन । यसैले सरकारलाई समर्थन गर्ने वा सरकारमा जाने निणर्यमा असहमत रहेको जानकारी गराउन यो असहमति पत्र लेखेको हुँ । प्रचण्ड नेतृत्वमा सरकारमा दोस्रो पटक रास्वपा सरकारमा गईसकेको छ । यसअघि श्रम मन्त्री बनेका डोलप्रसाद अर्याल विनाविभागिय मन्त्री बनिसकेका छन् भने सभापति रवि फेरि उपप्रधानसहित गृहमन्त्रीमा दाबी गरिरहेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top