नेपालीसमेत रहेको पानी जहाजमा हुथीको आक्रमण

२४ फागुन, एजेन्सी ।

यमनका हुथी विद्रोहीले नेपाली सुरक्षा गार्डसमेत रहेको एक मालवाहक पानीजहाजमा आक्रमण गर्दा तीन जनाको ज्यान गएको छ । जहाजमा २० जना चालक दलका सदस्य र सशस्त्र गार्ड रहेकामा एक जना नेपाली पनि रहेका थिए । जहाजमा रहेका नेपाली सशुसल छन्, घाइते छन् वा मारिएका छन् भन्नेबारे खुलेको छैन् ।

पहिल्लो केही महिनादेखि हुथीले विभिन्न देशमा पानी जहाजमा आक्रमण गर्दै आए पनि ज्यान गएको भने यो पहिलो घटना हो । इजरायलले गाजामा अनाथ मानिसहरूमाथि गरिरहेको आक्रमणको विरोधमा जहाजमा आक्रमण गरिरहेको हुथीले बताएको छ। उनीहरूले इजरायल वा उसलाई समर्थन गरेको देशहरूसँग सम्बन्ध भएका पानीजहाजलाई निसाना बनाएर आक्रमण गर्ने गरेका छन् ।

Advertisement

हिजो भएको आक्रमणमा चालक दलका तीन जनाको ज्यान गएको र चार जना घाइते भएका अमेरिकी सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हिजो अदनको खाडीमा बार्बाडोसको झण्डासहित सामान बोकेको जहाजमा हुथीले आक्रमण गरेपछि आगो लागेको थियो । अमेरिका र बेलायतले हुथीको यो आक्रमणको चर्को निन्दा गर्दै उनीहरूले मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

अमेरिका र बेलायतले यमनमा हुथीका अखडामा आक्रमण पनि गर्दै आएका छन् तर हुथी पछि हटेको छैन । हुथीले भने उक्त जहाजलाई दिइएको चेतावनी बेवास्ता गरेपछि हमला गरेको हुथी लडाकुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जहाजको चालक दलमा एक भारतीय, ४ भियतनामी र १५ फिलिपिनो नागरिक थिए भने ३ सशस्त्र गार्डमध्ये एक नेपाली थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top