×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

३९ वर्षे सुमनालाई देश बनाउने जिम्मा ? कसरी रोक्छिन् विद्यार्थी

२४ फाल्गुन २०८०

२४ फागुन, काठमाण्डौ । 

संसदीय समिति होस्, प्रतिनिधि सभा वा संचारकर्मीहरु माझ खरा अनि पूर्ण तथ्यपरक प्रष्ट विचारका कारण सधै चर्चामा आइरहने देशको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ पहिलो पटक मन्त्री बनेकी छन् । दुई दिनअघिसम्म प्रश्न सोध्ने भूमिकामा रहेकी सुमना अब जवादेहीसहित जवाफ दिने हैसियतमा पुगेकी छन् ।

Advertisement
Advertisement

अब सुमनाले हिजोका दिनमा आफैले सोध्ने हरेक प्रश्नको जवाफ आफैसँग खोज्नुपर्नेछ अनि त्यसको परिणाम जनताले समेत थाहा पाउनु पर्नेछ । यसको छनक भने सुमनाले नेपालका सबै विश्वविद्यालयका उपकुलपति विज्ञ ब्यक्तिहरु नियुक्ति गर्नुपर्ने भन्दै यसका लागि कानून नै संशोधन गर्ने पहिलो निर्णय गरेर उनले दिइसकेकी छन् ।

उनले विद्यार्थीको बढ्दो विदेश पलायनको कारण जरैदेखि खोतल्ने समेत बताएकी छन् । रास्वपाबाट प्रचण्ड नेतृत्वको सरकारमा गएका ४ मन्त्रीहरु दुईजना पुराना र दुई नयाँ अनुहार छन् । सभापति रवि लामिछाने र उपसभापति डिपी अर्याल एक वर्षअघि छोटो समयका लागि भएपनि सरकारमा गइसकेका छन् भने सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठले पहिलोपटक केही गरेर देखाउने अवसर पाएका छन् ।

अनि उनीहरुको हुटहुटी अनुशारकै मन्त्रालय सुमनाले शिक्षा र विराजले खेलकुदमन्त्रालयको जिम्मेवारी पाएका छन् । खासगरी रास्वपाका मन्त्रीहरुलाई लिएर सामाजिक संजालमा अत्याधिक आशा र अपेक्षा गरिएको छ त्यसमा पनि सुमना र विराजसँँग पहिलो कार्यकाल र उनीहरुको संसदमा देखिएको प्रस्तुतीले अलि बढी आशा गरिएको छ ।

मन्त्री भन्दा पनि प्रधानमन्त्री बन्ने सपना बुनेकी सुमनाको सरकारमा सहभागितापछि स्वयम प्रधानमन्त्रीसमेत उत्साहित रहेको खबर बाहिरिएको छ । सुमनाको जन्म २०४१ असोज १५ मा काठमाडौँमा भएको थियो। उनले एसएलसीसम्मको अध्ययन काठमाडौँकै क्षेत्रपाटीस्थित सरस्वती बोर्डिङ उच्च माध्यमिक विद्यालयबाट गरिन्।

त्यसपछि बुढानीलकण्ठ स्कुलबाट उनले ए लेभल (अर्थशास्त्र, गणित) अध्ययन गरेकी थिइन्। उच्च शिक्षाका लागि अमेरिका गइन्। सुमनाले अमेरिकाको मासाचुसेट्स् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमाईटी) स्लोन स्कुल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गरेकी छिन्। त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी थिइन्।

२०७२ सालअघि सुमनाले अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रुप (बीसीजी) मा परामर्शदाताका रूपमा काम गरिन्। उनी २०७२ सालको महाभूकम्पपछि नेपाल फर्किएकी हुन्। नेपालमा विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) सँग काम गर्ने गरी उनलाई बीसीजी ग्रुपले नै नेपाल पठाएको थियो। त्यसपछि उनी अमेरिका फर्किइनन्।

भूकम्पपछि नेपाललाई नै कार्यक्षेत्र बनाएकी उनी विभिन्न अभियान र कार्यक्रममा संलग्न भइन्। सुमनाले काष्ठमण्डप पुनर्निर्माणसम्बन्धी अभियानमा समेत काम गरेकी छन्। सुमनाले कोरोना महामारीको बेला पनि अमेरिकी सरकारलाई त्यहाँको सिनेटमार्फत सहयोग गर्न अनुरोध गरेकी थिइन्। सुमना उद्यमी पनि हुन्।

कारपुर काठमाडौँ र मेडिकेसन फर नेपाल लगायतका परियोजनाको सुरुवात उनले गरेकी थिइन्। मेडिकेसन फर नेपाललाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१६ मा क्यालिफोर्नियामा भएको ग्लोबल आन्टरप्रेनरसिप समिटमा प्रशंसा गरेका थिए। अमेरिकामै रहँदा सुमनाको बिहे भयो।

पोल्यान्डका नागरिक पावेल लुकास स्कान्भिन्सीसँग उनको विवाह भएको थियो। पोल्यान्डका नागरिक भए पनि उनका श्रीमान् अहिले बेलायत बस्दै आएका छन्। श्रेष्ठ रास्वपाबाट समानुपातिक सांसद हुन्। रास्वपा पहिलोपल्ट सरकारमा जाँदा शिशिर खनालले यो मन्त्रालय पाएका थिए।

Advertisement

यतिखेर शिशिरलाई छाडेर रविको रोजाइमा सुमना परेकी हुन्। यसअघि छोटो समय मन्त्री बनेका शिशिर र डा तोसिमा कार्की यस पटक दोहोरिएका छैनन् । अब नेतृत्व तहमा पुगेकी सुमनालाई काम गरेर देखाउने ऐतिहासिक अवसरसँगै ठूलो चुनौती थपिएको छ । प्रश्न सोध्न र जवाफ दिन कति अन्तर छ ? यसका लागि भने प्रतिक्षा गर्नुपर्नेछ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top