विदेशीलाई प्रवेश सहज बनाउन उत्तर कोरियासँग अमेरिकाको आग्रह

२४ फागुन,  एजेन्सी ।

संयुक्त राज्य अमेरिकाले उत्तर कोरियालाई मानवीय सहायताकर्मीका लागि आफ्नो सीमा खुला गर्न र कोभिड–१९ का बेला लगाइएका केही कडा प्रतिबन्धहरूलाई खुकुलो पार्न आग्रह गरेको छ । “केही युरोपेली प्रतिनिधिमण्डल उत्तर कोरिया फर्कन सक्षम भएको खबर आएको छ, यसको हामी स्वागत गर्छौं,” उत्तर कोरियासम्बन्धी अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जुङ पाकले कार्नेगी इन्डोमेन्ट फर इन्टरनेसनल पिसको एक कार्यक्रममा भने ।

जर्मनी र बेलायतले महामारीपछि बन्द भएका प्योङयाङमा रहेका र महामारीपछि बन्द भएका आफ्ना दूतावासहरू निरीक्षण गर्न छुट्टाछुट्टै टोली पठाएका थिए । दुबै देशका प्रतिनिधिले उत्तर कोरिया फर्कन सकिने बताएका थिए । पाकले भने, “विशेष गरी मानवीय सहयोगका लागि अनुमति दिन हामीले उत्तर कोरियालाई आफ्नो सीमा थप खुला गर्न आग्रह गर्नेछौं ।” मानवीय समूहसँग काम गर्ने ‘वास्तवमै असल मानिस’ उत्तर कोरियामा रहेको र उनीहरू राजनीतिसँग नजोडिएको उनले बताए ।

Advertisement

उनले भने, “हामी यो सुनिश्चित गर्न चाहन्छौं कि बालबालिकालाई खोप लगाइयोस्, स्वास्थ्य प्रणाली व्यवस्थित होस् ।” क्षेप्यास्त्र परीक्षण स्थगित गर्न र राष्ट्रपति जो बाइडेनको प्रशासनले वार्ताका लागि गरेको प्रस्ताव अस्वीकार गरेको उत्तर कोरियासँग अमेरिकाको उच्च तनाव रहेको छ । उत्तर कोरियाले यसै सातादेखि सुरु हुने ठूलो सैन्य अभ्यासका लागि संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले ‘महँगो मूल्य’ चुकाउनु पर्ने बताएको छ ।

पाकले आणविक हतियार परीक्षण गरेको किम जोङ उनको राज्यप्रति आफ्नो कुनै शत्रुतापूर्ण मनसाय नरहेको अमेरिकी अडान दोहोर्याएका छन् । दक्षिण कोरियासँगको आफ्नो सैन्य सहकार्यबारे बोल्दै उनले भने, “अमेरिका र दक्षिण कोरियाबीचको अभ्यास विशुद्ध रक्षात्मक छ र यो यस क्षेत्रमा भइरहेको खतराको प्रतिक्रियास्वरुप हो ।”

Advertisement

यसैबीच दक्षिण कोरियाले आफ्ना चिप उपकरण बनाउने कम्पनीलाई उत्तर कोरियाले ह्याक गरेको आरोप लगाएको छ । दक्षिण कोरियाको गुप्तचर संस्थाले दावी गरेअनुसार उत्तर कोरियाले दक्षिण कोरियाको हतियार कार्यक्रमको सेमिकन्डक्टर बनाउन खोजिरहेको छ । दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले दावी गरेअनुसार उत्तर कोरियाले आफ्नो सेमिकन्डक्टर बनाउन खोजेको दावी गरेको बीबीसीले उल्लेख गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top