शिक्षामन्त्री सुमनाले कर्मचारीसँग छलफल गरेर मात्रै योजना बनाउने

२४ फागुन ८०, शुक्रबार

२५ फागुन, काठमाण्डौ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा महत्वपूर्ण शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयको जिम्मेवारी पाएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले कर्मचारीहरूसँग छलफल गरेर मात्रै कार्ययोजना बनाउने भएकी छन् । स्थायी सरकार ब्यूरोक्रेसी भएको भन्दै मन्त्री श्रेष्ठले पहिला टिमसँग छलफल गरेर मात्रै आफ्नो कार्ययोजना बनाउने बताएकी हुन् ।

‘स्थायी सरकार भनेको ब्यूरोक्रेसी हो । पहिला टिमसँग बस्छु । अपडेट लिन्छु । बेसलाइन के हो ? थाहा पाउँछु । बेसलाइन थाहा पाएपछि सबैभन्दा पहिला के गरेपछि रिजल्ट आउँछ । त्यसपछि कार्ययोजना बनाउँछु’ मन्त्री श्रेष्ठले भनिन् । केही दिनमा कार्ययोजना बनाएर त्यसपछि सार्वजनिक गर्ने उनको भनाई छ ।

उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्राथमिकतामा राखेर काम गर्ने समेत बताइन् ।अहिले संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक छलफलको क्रममा छ । समिति सभापति समेत मन्त्री बनेका छन् । सभापति भानुभक्त जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन् ।

Advertisement

उनी मन्त्री बनेपछि शिक्षा समितिको सभापति पद खाली भएको छ । अब नयाँ आउने सभापतिले विधेयकलाई अझ प्राथमिकतामा राखेर अगाडि बढाउनेमा आफू विश्वस्त रहेको र सरकारले गर्नुपर्ने सहयोग गर्ने बताइन।समितिले शिक्षा विधेयकमा अब प्रदेश तहमा गएर सरोकारवालासँग छलफल गराउनेछ ।

सांसदका रूपमा काम गर्दा जसरी सरोकारवाला र आम नागरिकको अर्थपूर्ण सहभागिता, पारदर्शिता र अपनत्वलाई केन्द्रमा राखेको थिए मन्त्री बनेपछि पनि त्यही कार्यशैली अपनाउने उनको भनाइ छ । आगामी दिनमा समेत आफ्नो कार्यशैली यस्तै तरिकाले अगाडि बढ्ने बताइन् ।

सतही विश्लेषण र लोकप्रिय समाधानमा केन्द्रित नरहेर समस्याको जरासम्म पुग्ने प्रयास गर्ने उनको भनाइ छ । प्रश्नको उत्तर खोज्ने र समाधान पहिल्याउने बताइन । सजिलो बाटो नभएको तर, सबैको साथ, सहयोग र सहकार्यबाट सफलतामा पुग्न सकिने उनको भनाइ छ । प्रचण्ड नेतृत्वको सरकारमा सुमना आश गरिएकी मन्त्री मध्येकी एक हुन् । उनी मन्त्री बनेपछि शिक्षा क्षेत्रमा जनअपेक्षा बढेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top