जरदारी दोस्रो पटक पाकिस्तानको राष्ट्रपति

२७ फागुन, एजेन्सी ।

पाकिस्तानको राष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी भएका छन् । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४ सय ११ मत ल्याएर विजयी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २ सय ५५ मत प्राप्त गरेका छन् ।

पूर्वी पञ्जाब प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट ८ मत, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गरेका हुन् । जरदारीका प्रतिस्पर्धी विपक्षी दलको संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले कुल १ सय ८१ मत प्राप्त गरे । निवर्तमान राष्ट्रपति आरिफ अल्वी अस्ति शुक्रवार बिदा भएका थिए ।

Advertisement

जरदारी राष्ट्रपतिमा पदमा दोस्रो पटक निर्वाचित भएका हुन् । ६८ वर्षीय जरदारी सन् २००८ देखि २०१३ सम्म ११ औँ राष्ट्रपति भएका थिए । यस्तै गएको फेब्रुअरीमा भएको आम चुनावमा पनि उनी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । राष्ट्रपतिमा विजयी भएसँगै उनले राष्ट्रिय सभाबाट राजीनामा दिनुपर्नेछ । आज दिउँसो ४ बजे उनले शपथ लिदैछन् ।

उनलाई यसैसाता प्रधानमन्त्री बनेका शहबाजÞ शरीफले दोस्रो पटक पाकिस्तानको राष्ट्रपति चुनिएकोमा बधाई दिएका छन् । शरीफले भनेका छन्, पाकिस्तानको राष्ट्रपतिका रुपमा उनी निर्वाचित हुनु लोकतान्त्रिक मूल्यहरुको निरन्तरता हो । जर्दारी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका श्रीमान् हुन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top