रेस्लर जोन सिना ओस्कारमा किन निर्वस्त्र भए ?

२८ फागुन , एजेन्सी ।

९६ औं ओस्कर अवार्ड सम्पन्न भएको छ । जसमा चलचित्र ‘ओपनहाइमर’ले उत्कृष्ट चलचित्रसहित ७ विधामा ओस्कार अवार्ड जितेको छ । अहिले ओस्कार जितेको ओपनहाइमरको चर्चाभन्दा चर्चा रेस्लर एवम् हलिउड अभिनेता जोन सिनाका कारण ओस्कार अवार्ड समारोहको चर्चा विश्वभर भइरहेको छ । सीनाको एक हर्कतले विश्वभरको ध्यान खिचेको छ ।

Advertisement

ओस्कारको भव्य समारोहमा अभिनेता जोन सिना निर्वस्त्र स्टेजमा गएका थिए । जोन सिना उनको सेन्स अफ ह्युमरका लागि चिर्चित छन् । सर्वश्रेष्ठ पोशाक डिजाइनमा मानोनित फिल्महरुको नाम घोषणा गर्न उनी स्टेजमा निर्वस्त्र पुगेका थिए । नाम घोषणा गर्नका लागि सिना ठूलो खामको सहाराले आफ्नो शरीर ढाक्दै स्टेजमा पुगेका थिए ।

खामले गोप्य अंग छोपेकोले खाम खोलेर उनी मनोनयनमा परेको नामहरु घोषित गर्न सक्दैनथे । यसै क्रममा उनी होष्ट जिमी किमेलसँग ठट्टा गरिरहेको देखिन्थे । यस्तो अवस्थामा उनलाई अन्य ब्यक्तिहरुले ढाक्नु परेको थियो । उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

‘पुअर थिङ्स’ले सर्वोत्कृष्ट पोशाक डिजाइनको अवार्ड जितेको थियो । कपाल र मेकअप, उत्पादन डिजाइन र वेशभूषाका लागि यसले लगातार दुई ओटा अवार्ड जितेको छ । यसअघि सन् २०२२ मा ओस्कर समारोहमै कमेडियन क्रिस रकलाई अभिनेता विल स्मिथले स्टेजमा थप्पड हानेका थिए ।

यो घटनापछि उनको सर्वत्र आलोचना भएपछि उनले पटक पटक माफी माग्नु परेको थियो । सिना एक अमेरिकी पहलवान, अभिनेता, र पूर्व ¥यापर हुन्। एक पहलवानको रूपमा उनी २००१ देखि डब्लूडब्लूइमा आवद्ध भएका थिए । २०१८ देखि भने उनले यसलाई वैकल्पिक रुपमा मात्रै प्रदर्शन गर्दै आएका छन्।

डब्लूडब्लूइबाट उनी १६ पटक विश्वच्याम्पियन बनिसकेका छन् ।उनलाई सबैभन्दा ठूलो पेशेवर कुस्ती खेलाडीहरू मध्ये एक मानिन्छ। उनको २००६ मा प्रर्दशनमा आएको पहिलो चलचित्र द मरिनले अनपेक्षित सफलता हात पारेको थियो । यसले पहिलो हप्तामा अमेरिकामा मात्रै ७ मिलियन अमेरिकी डलर कमाएको थियो भने डिभिडीमात्रै १२ हप्तामा ३० मिलियन भन्दा बढीको बिक्री भएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top