२९ फागुन , विराटनगर।
आर्थिक विकाससँगै विश्वमा भूराजनीतिक पहुँच सवल बनाएको दक्षिणी छिमेकी राष्ट्र भारतले सोमवार आफ्नो अग्नि–५ नामक मिसाइल सफलतापूर्वक परीक्षण गरेको घोषणा गरेको छ । यो मिशनलाई दिव्यास्त्र भनिएको छ ।
यो परीक्षण ओडिशा स्थित डा एपीजे अब्दुल कलाम आईल्याण्डमा गरिएको थियो । अग्नि– ५ मिसाइल कयौं वारहेडलाई लैजान र कयौं ठेगानाहरुमा निशाना लगाउन सक्षम रहेको बताइएको छ ।
अग्नि–५ एमआईआरभी प्रविधिले सुसज्जित अर्थात मल्टिपल इन्डिपेन्डेन्ट्ली टारगेटेबल रि–इन्ट्री भेहिकल प्रविधियुक्त छ । यो प्रविधि केही सिमित देशहरुसंग मात्रै छ ।
यो प्रविधि अन्तर्गत एकै मिसाइलबाट सैयौं किलोमिटर परको लक्ष्यहरुलाई निशाना बनाउन सकिन्छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमै विकसित अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण मिसन दिव्यास्त्रको प्रंशसा गरेका छन् ।
उनले मिसन दिव्यास्त्रको सफल कार्यान्वयनका लागि वैज्ञानिकहरूको उपलब्धिको प्रशंसा गरे । उनले एक्समा पोस्ट गर्दै लेखेका छन्,“एमआइआरभी प्रविधिका साथ स्वदेशीरूपमा विकसित अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण । मिसन दिव्यास्त्रका लागि हाम्रा डिआरडिओ वैज्ञानिकहरूमाथि गर्व छ ।”
अग्नि–५ मिसाइलमा एमआइआरभी प्रविधिको समावेशले विभिन्न लक्ष्यमा सटीकताका साथ धेरै हतियार पुर्याउने यसको प्रभावकारिता बढ्नेछ । यसबाट भारतको प्रतिरोध क्षमतामा वृद्धि हुनेछ र राष्ट्रिय सुरक्षा सुदृढ हुने बताइएको छ ।
एउटा एमआइआरभी पेलोडमा चारदेखि छ वटा आणविक हतियार बोक्ने एउटा मिसाइल समावेश हुन्छ । प्रत्येकलाई अलग अलग लक्ष्यमा हमला गर्नका लागि प्रोग्राम गरिएको छ । यसले एउटै मिसाइलमा विभिन्न स्थानमा धेरै हतियार तैनाथ गर्न सकिन्छ भन्ने सुनिश्चित गर्दछ।
सरकारी स्रोतका अनुसार यस परियोजनाका निर्देशक एक महिला हुन् र यसमा महिलाहरूको महत्त्वपूर्ण योगदान छ । मिसन दिव्यास्त्रको परीक्षणसँगै भारत एमआइआरभी क्षमता भएका मुलुकहरूको समूहमा सामेल भएको छ ।
अग्नि–५ मिसाइलको मार हान्ने क्षमता पाँच हजार किलोमीटर छ । अर्थात यसले पाँच हजार किलोमीटर परको लक्ष्य भेद्न सक्छ । समाचार एजेन्सी पीटीआईका अनुसार लामो समयसम्मका लागि भारतको सुरक्षा आवस्यकताहरुमा अग्नि ५ महत्वपूर्ण छ । य
सको रेन्जमा लगभग पुरै एशिया, चीनको अन्तिम उत्तरी क्षेत्र र यूरोपका पनि केही क्षेत्र पर्छन् ।भारतका यसअघिको मिसाइलहरु अग्नि १ देखि ४ सम्मको रेन्ज ७०० देखि ३५०० किलोमीटर थियो । अग्नि–५ मा यस्तो सेन्सर लागेको छ, जसले त्यो आफ्नो लक्ष्यसम्म बिना कुनै गल्तीले पुग्नसक्छ ।
अर्थात यो एक किसिमले अचुक अस्त्र हो । हुन त अग्नि मिसाइलहरु भारतसंग सन् १९९० देखि नै छ । समयसंगै यसका नयाँ र अत्याधुनिक रूप आइरहेको हो । इंडियन एक्सप्रेसका अनुसार, अग्नि–५ मिसाइलमा जुन एमआईआरभी प्रविधि छ, त्यो ५० वर्ष पहिला नै बनाइएको थियो ।
तर अहिलेसम्म यो प्रविधि केही देशहरुमा मात्रै सिमित छन् । यसले परमाणु हतियार पनि लैजान सकिन्छ । अहिलेसम्म एमआईआरभी प्रविधियुक्त मिसाइलहरु रूस, चीन, अमेरिका, फ्रान्स, यूके र भारतसंग मात्रै छ । यी मिसाइलहरुलाई जमिन वा समून्द्रमा रहेका पनडुब्बीबाट लन्च गर्न सकिन्छ ।
भारतले यसको सफल परीक्षण गरिरहँदा उता छिमेकी पाकिस्तानले पनि यस्तै मिसाइल सिस्टम बनाउने प्रयास गरिरहेको छ । यस्तै अहिले युद्धमा रहेको इजरायलसंग पनि यो मिसाइल सिस्टम रहेको वा बनाउँने क्रममा रहेको पनि आशंका गरिएको छ ।
एनआईआरभी प्रविधि विकसित गर्न निकै मुश्किल छ, यसैकारण पनि यो धेरै देशहरुसंग छैन् । यसलाई विकसित गर्नका लागि ठूला मिसाइलहरु, छोटा वारहेड, सही गाइडेन्स र फ्लाइटको क्रममा वारहेड रिलीज गर्नु आवस्यक छ । अमेरिकासंग यो प्रविधि १९७० मै थियो ।
त्यसपछि सोभियत संघले पनि यो प्रविधि हात पारेको थियो । अब भारत यो क्लबको नयाँ देश बनेको हो । इंडियन एक्सप्रेसको रिपोर्टमा भनिएको छ, अग्नि–५ सन् २०१२ पछि कयौं पटक सफल परीक्षण गरिएको छ । जसमा यसको रेन्ज ७०० देखि अहिले ५ हजार किलोमिटरसम्म बृद्धि भएको छ ।
जुन २०२१ म भारतले अग्नि–पी (प्राइम) को सफल परीक्षण गरेको थियो । यो क्यानिस्टराइज्ड छ, जसको रेन्ज १ हजार देखि २ हजार किलोमिटरसम्म छ । यो मिसाइल सडक वा रेल प्लेटफर्मबाट लन्च गर्न सकिन्छ ।
भारतले अग्नि–५ विकसित गर्ने घोषणा २००७ मै गरेको थियो । यसको पहिलो सफल परीक्षण २०१२ मै गरिएको थियो । अहिलेसम्म भारतीय रक्षा बलसंग ७०० किलोमीटर रेन्ज भएको अग्नि–१, २ हजार किलोमीटर रेन्ज भएको अग्नि–२, २५ सय किलोमीटर रेन्ज भएको अग्नि–३ र ३५ सय किलोमीटरको रेन्ज भएको अग्नि ५ मिसाइलहरु रहेका छन् ।
यस्तै सोमबारै सफल परीक्षण गरेको अग्नि–५ जो ५ हजार किलोमिटरको रेन्ज भएको छ र परमाणु क्षमता भएका कारण विशेषज्ञहरुलाई लाग्दछ कि यो मिसाइल भारतले चीनलाई ध्यानमा राखेर बनाएको हो । उनीहरुका अनुसार पुराना अग्नि मिसाइलहरु पाकिस्तान जस्ता नजिकका ठेगानाहरुका लागि पर्याप्त छन् ।
अग्नि–५ को माध्यमले भारतले चीनबाट आउनसक्ने चुनौतीहरुलाई रोक्न सक्ने भारतीय बैज्ञानिकहरुले दाबी गरेका छन् । चीनलाई ध्यानमा राखेर यसबाट भारतलाई मुख्य तीनवटा फाइदा हुने देखिन्छ ।
एउटा हो जमिनमा आधारित मिसाइल शक्तिहरुको बढ्दो असन्तुलनलाई रोक्नु । के मानिन्छ भने, भारतसंग जमिनमा आधारित यस्ता मिसाइलहरु, जो चीनका शहरहरुमा निशाना लगाउन सकुन, ती सीमित छन् । दोस्रोमा यसको उद्येश्य हो, समुन्द्रमा आधारित विश्वसनीय परमाणु वाहकहरुको मामिलामा भारत पछि नछुटोस् भन्ने ।
किनभने परमाणु–संचालित ब्यालेस्टिक मिसाइल पनडुब्बिहरुका मामिलामा चीन भारतभन्दा धेरै नै अघि छ । भारतलाई के लाग्छ भने यदी चीनले कुनै दिन ब्यालेस्टिक मिसाइल डिफेन्स सिस्टम अर्थात बीएमडी तैनाथ गर्ने सोच्यो भने त्यतिबेला भारतले यसको जवाफ अग्नि–५ ले दिनसक्छ ।
खासमा चीनविरुद्ध आफ्नो विश्वसनीय क्षमताहरु देखाउने मामिलामा भारतले निकै नै संघर्ष गर्दै आएको छ । चीनका कयौं ठेगानाहरु भारतको पहुंचबाट टाढा थिए । अब अग्नि–५ले ती लक्ष्य हासिल गर्नमा सहयोग गर्नेछ ।
भारतले आणविक बमको पहिलो प्रयोग नगर्ने नीति लागू गरेको छ र यदि कुनै शत्रुले परमाणु हमला गरेमा भारतले अग्नि ५ को सहयोगमा विनाशकारी जवाफी कारबाही गर्न सक्छ ।
साना आणविक बम बनाउनमा भारतको सफलताले एसियामा रणनीतिक सन्तुलन परिवर्तन गरेको छ।भारतभन्दा धेरै नै अगाडि रहेको चीनले अझै पनि आफ्नो परमाणु वारहेड्सलाई आधुनिक बनाइरहेको छ । यस्तोमा भारतलाई चिन्ता हुनु स्वभाविक नै हो ।
नेपालका छिमेकी दुई शक्तिशाली मुलुकबीच चलिरहेको हतियार विस्तारको यस्तो दौड, आधुनिक हतियारमा आफूभन्दा निकै अगाडि रहेको चीनलाई ध्यानमा राख्दै भारतले सफल परीक्षण गरेको मिसाइल, अग्नि ५ र यसका सिरिजहरुबारे आफ्ना टिप्पणीहरु राख्न सक्नुहुनेछ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद ।