विश्वकपको ढोका खोल्न नेपाल र बहराइन भिड्दै ,कति शक्तिशाली छ बहराइन ?

७ चैत ८०, बिहीबार

८ चैत , एजेन्सी ।

नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनौट अन्तर्गत दोस्रो चरणको खेलमा आज बहराइनसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राती १२ः४५ बजे सुरु हुनेछ । यसअघि नेपालले बहराइनसँगको ’होम’ खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्ने तय थियो । तर एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरी यहाँ विश्वकप छनौटका खेल खेल्न नमिल्ने बताएपछि नेपालले ’होम एण्ड अवे’ दुवै खेल बहराइनमा खेल्ने भएको हो ।

बहराइनसँगको अर्को खेल नेपालले यही चैत १३ गते खेल्ने छ । नेपाल पहिलो चरणमा लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको थियो । समूह ‘एच’ मा २ खेल खेलिसके पनि नेपाल अंकविहीन छ । समूहमा नेपाल, बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । नेपालले यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो ।

Advertisement

बहराइनले ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । युएईसँग २–० ले पराजित बहराइनले यमनमाथि २–० को जित निकालेको थियो । मलेसियामा एउटा मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली बहराइन पुगेको थियो । टोलीसँग अनावश्यक पदाधिकारीलाई मलेसिया र बहराइन पठाएपछि अखिल नेपाल फुटबल संघ विवादमा परेको छ ।

मलेसियामा १० जना र राष्ट्रिय खेलकुद परिषदले स्वीकृती नदिएपनि एन्फाले ८ जनालाई बहराइन पठाएको छ । फिफा वरीयतामा नेपाल भन्दा बहराइन ९३ स्थान माथि छ । पछिल्लो वरीयतामा सुधार गरेको बहराइन हाल ८२औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।

Advertisement

बहराइनसँग खेल्ने नेपाली फुटबल टोलीमा गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार रहेका छन् यस्तै डिफेन्डरमा अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), सुमित श्रेष्ठ तथा मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई रहेका छन् । यसैगरी फरवार्डमा अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top