कोरियाले बढायो नेपाली कामदार कोटा

१३ चैत , एजेन्सी । 

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२४ का लागि नेपालबाट लैजाने कामदारको कोटा बढाएको छ । कोरियाले यस वर्षका लागि १५ हजार कोटा गत वर्ष नै छुट्ट्याएको थियो । कोरियाको एचआरडीले १ हजार ४ सय कोटा बढाएर पत्र पठाएको जानकारी वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले दिए ।

उनका अनुसार सन् २०२४ मा कोरिया सरकारले नेपालका लागि १६ हजार ४ सय कामदार कोटा पु¥याएको छ । कोरियाले यस वर्षका लागि गत छुट्याएको कोटामा १३.२ प्रतिशत थप गरेको उनले बताए । ‘२०२४ मा कोरियाले नेपालबाट बढी कामदार लैजाने भएको हो । यस वर्ष कोरियाबाट करार सकिएर फर्किएका कामदारसहित २२ हजार युवा कोरिया जान्छन’, उनले भने ।

Advertisement

कोरियाले थप गर्ने क्षेत्रमा नेपालबाट छिटोछरितो गरी कामदार लैजान आश्वासन दिएको छ । कोरियन भाषा परीक्षा उत्तीर्ण भएका कामदारले क्षेत्र परिवर्तन गरेर लैजाने पनि कोरियाको सम्बन्धित पक्षले चासो राखेको महानिर्देशक घिमिरेले जानकारी दिए । कोरियाले २००८ देखि कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपाली कामदार ईपीएसमार्फत लैजाँदै आएको छ ।

गत वर्षदेखि सिप बिल्डिङ क्षेत्रमा कामदार लैजान थालेको कोरियाले यस वर्षदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा पनि कामदार लैजान लागेको छ । कोरियाबाट करार अवधि सकिएर फर्किएका कामदारले दिएको सीप परीक्षामा उत्तीर्ण भएका ३० जनामध्ये तीनजना रुट इन्डस्ट्रीको रोजगारीमा कोरिया प्रवेश गरिसकेको शाखाले जनाएको छ ।

Advertisement

कोरियाले नेपालबाट रुट इन्डस्ट्री क्षेत्रअन्तर्गत वेल्डिङमा पाइलटका रूपमा कामदार मागेको छ । कोरियाले नेपालबाट स्वास्थ्य क्षेत्रका कामदार लैजान पनि चासो राखेको छ । यस विषयमा छलफल भइरहेका कारण अहिले स्वास्थ्यमा कस्ता कामदार लैजाने भन्ने टुंगो नभएको शाखाको भनाइ छ ।

कोरियाले ई–सेभन भिसामार्फत स्वास्थ्य क्षेत्रका कामदार लैजान सक्ने शाखाको अनुमान छ । चालु आर्थिक वर्षमा पाँच हजारभन्दा बढी कामदार रोजगारीका लागि कोरिया पुगेका छन् । एक हजारभन्दा बढी कामदार जाने तयारीमा रहेको घिमिरेले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top