Nepal Times
Nepal Times
3
Shares

अमेरिकाको फ्लोरिडामा १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

अमेरिकाको फ्लोरिडामा १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

१३ चैत , एजेन्सी । 

अमेरिकाको फ्लोरिडा राज्यमा १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले सोमबार यस्तो कानुनमा हस्ताक्षर गरेका हुन् । नयाँ नियममा १४ देखि १५ वर्षका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न आमाबुवाको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, सामाजिक सञ्जाल कम्पनीलाई १४ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको अकाउन्ट डिलिट गर्न निर्देशन दिइने भएको छ । यो कानुन सन् २०२५ जनवरी १ देखि लागु हुनेछ । सामाजिक सञ्जाल कम्पनीले बालबालिकालाई चलाउन नदिन तेस्रो पक्षको उमेर प्रमाणीकरण प्रयोग गर्नुपर्नेछ ।

बालबालिकालाई उनीहरूको मानसिक स्वास्थ्य र अनलाइनको जोखिमबाट जोगाउन यो कानुन ल्याइएको जनाइएको छ । फ्लोरिडाका गर्भनरले विज्ञप्तिमार्फत भनेका छन्, “सोसल मिडियाले बालबालिकालाई अनेकौँ किसिमले हानि पुर्‍याउँछ । यसले  आमाबुवालाई आफ्ना बालबालिका सुरक्षित राख्ने बाटो दिन्छ ।”

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.