छारेरोग सम्बन्धी निवन्ध प्रतियोगितामा आर्दशका शर्मा प्रथम

१२ चैत ८०, मंगलबार

१३ चैत, विराटनगर ।

विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले छारेरोग सम्बन्धी शीर्षमा आयोजना गरेको निवन्ध प्रतियोगितामा आर्दश माध्यमिक विद्यालय विराटनगरमा कक्षा ९ मा अध्ययनरत छात्र श्रेय शर्मा प्रथम भएका छन् ।

Advertisement

शुक्रबार ‘वर्ल्ड पर्पल डे’ को अवसरमा पारेर छारेरोग सम्बन्धी अंग्रेजी माध्यमको निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा द्धितीय दिल्ली पब्लिक स्कुल कक्षा ९ की श्रृती यादव र तृतीय मेरिल्याण्ड कलेजका कक्षा ११ की सेमान्तीका पराजुली भएका छन् ।

Advertisement

उनीहरुलाई न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट विशेषज्ञ डा. वीरेन्द्र कुमार विष्ट र दूरसंचार प्रदायक एनसेलका प्रतिनिधी अमर भट्टचार्यले पुरस्कार वितरण गरेका थिए । ‘वर्ल्ड पर्पल डे’ मनाउनको लागि न्यूरोले एनसेलसँग सहकार्य गरेको छ ।

प्रत्येक एक सय जनामा एक जनामा छारे रोग लाग्ने गरेको विभिन्न तथ्यांकहरुले देखाएको छ । हस्पिटल स्थापना भएपछि न्यूरोमा हालसम्म २५ हजारभन्दा बढी छारे रोगका बिरामीको सफल उपचार गरेको अस्पतालले जानकारी दिएको छ ।

अहिले पनि करिब ३ हजार बिरामी नियमित उपचारको क्रममा रहेका छन् । न्युरोमा छारे रोगको उपचारको लागि भरपर्दो रहेको डा. विष्टले बताए । दिवसका अवसरमा मंगलबार विहान न्युरोले प्रभातफेरी निकालेको थियो ।

न्युरो अस्पतालबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गरेर सोही ठाउँमा आएर सम्पन्न भएको थियो ।

प्रभातफेरीमा सहभागीहरुले ‘समयमा नै उपचार गरौं, छारेरोगबाट मुक्त हौं’, ‘अन्धविश्वसलाई हटाऊ, सबैमा जनचेतना जगाऊ’, ‘छारे रोग रोग होइन्, यो नशा रोगको लक्षण हो’, ‘छारे रोगबारे घर—घर टोल—टोलमा कुरा गरौं, अन्धविश्वासलाई हटाऊ’, ‘सबैमा जनचेतना जोगाऊ’ भन्ने मुख्य नारासहित प्लेकार्ड बोकेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top