नेपाल ’ए’ र आयरल्याण्ड उल्भ्सबीचको खेल रद्द

१४ चैत ८०, बिहीबार

१५ चैत , काठमाण्डौ ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको टी–२० क्रिकेट प्रतियोगिता अन्तरगतको पहिलो खेल रद्द गरिएको छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने तय थियो । तर वर्षाका कारण खेल रद्द गर्नुपरेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो । आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी–२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेलने कार्यक्रम रहेको छ ।

यसअघि नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बिच खेलिएको दुई खेलको टी–२० शृंखलामा नेपाल २–० ले विजयी भएको थियो । नेपालको राष्ट्रिय टोलीले पहिलो खेलमा आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाली टोली ७१ रनले विजयी भएको थियो । क्यानले आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० र एकदिवसीय खेल्न यसअघि नै आफ्नो छुट्टाछुट्टै टोलीको घोषणा गरिसकेको छ ।

Advertisement

क्यानले टी–२० शृंखलाका लागि विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । उक्त टोलीमा लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रासिद खान, सागर ढकाल, बिपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकाश अग्री रहेका छन् ।

यसैगरी एकदिवसीय शृंखलाका लागि घोषित नेपाल ‘ए’ टोलीमा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, साहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल रहेका छन् ।

Advertisement

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो टी–२० खेल शुक्रबार खेलिने छ । तेस्रो टी–२० खेल भने आइतबार खेलिने छ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो एकदिवसीय अप्रिल ३, दोस्रो एकदिवसीय अप्रिल ५ र तेस्रो एकदिवसीय अप्रिल ७ तारिखमा खेलिने तालिका छ । नेपालको राष्ट्रिय टोली भने भारतको घरेलु क्लबसँग त्रिकोणात्मक टी–२० शृंखला खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ ।

भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय टोलीले गुजरात र बरोडासँग टी–२० शृंखला खेल्ने कार्यक्रम रहेको छ । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि यो शृंखला खेल्न लागेको हो । टी–२० विश्वकपका लागि हालसम्म राष्ट्रिय टोलीको घोषणा भने गरिएको छैन । यता ओमानमा हुने एसीसी प्रिमियर कप खेल्ने नेपाली क्रिकेट टोलीलाई खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज बिदाइ गरेका छन् ।

एसियाली क्रिकेट परिषद (एसीसी) सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल, हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेको समूह एमा परेका छन् । समूह बीमा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया छन् । नेपालले प्रिमियर कपको पहिलो खेलमा आगामी चैत्र ३० गते मलेसियासँग खेल्नेछ । दोस्रो खेलमा वैशाख १ गते कतारसँग तथा तेस्रो खेलमा वैशाख ३ गते हङकङसँग खेल्ने तालिका छ ।

समूह चरणको अन्तिम खेलमा वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ । समूहको शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनलका खेलहरु वैशाख ७ गते हुनेछ । सेमिफाइनलका विजेताले फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

तेस्रो स्थानको खेल वैशाख ८ गते हुनेछ। उपाधि भिडन्त वैशाख ९ गते हुने तालिका छ । कारणवश फाइनलखेल ९ गते हुन नसके १० गतेका लागि रिजर्भ डे राखिएको छ । च्याम्पियनसिप फागुन ३० देखि वैशाख ९ गते सम्म चल्नेछ। प्रिमियर कपको विजेताले एसिसी एसिया कपमा स्थान बनाउनेछ । च्याम्पियनसिपका सबै खेल ओमानमा हुनेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top