राम्रो खेलुन्जेल मेसीले सन्न्यास नलिने

१४ चैत ८०, बिहीबार

१५ चैत , एजेन्सी ।

अर्जेन्टिनी कप्तान लियोनल मेसीले आफ्नो सन्न्यासमा उमेरले कुनै भूमिका नखेल्ने बताएका छन् । मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका मेसीले एक पोडकास्टमा तत्काल सन्न्यासबारे कुनै योजना नरहेको संकेत गरेका हुन् ।

“मैले कहिले राम्रो खेलिनँ, फुटबलमा रमाउन सकिनँ र टिमका सहकर्मीलाई सहयोग गर्न सकिनँ भन्ने मलाई थाहा हुन्छ । म धेरै आत्मालोचना गर्छु । मलाई कहिले राम्रो भएको छ र कहिले नराम्रो भइरहेको छ भन्ने थाहा हुन्छ,” पोडकास्ट कार्यक्रममा मेसीले भने, “यदि, मैले नराम्रो खेलेँ भने र मलाई सन्न्यासको घोषणा गर्नुपर्छ भन्ने लाग्छ, म मेरो उमेर नसोची यो कदम चाल्नेछु । मैले राम्रो महसुस गरेसम्म म प्रतिस्पर्धा गर्नेछु । किनकि, यो त्यही कुरा हो, जसको मलाई राम्रो जानकारी छ ।”

Advertisement

सर्वाधिक आठ पटकका बालोन डी‘अर विजेता मेसीले अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप उपाधि दिलाएका थिए । यसै मार्चको फिफा विन्डोमा चोटका कारण मेसीले राष्ट्रिय टिमबाट दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल गुमाएका थिए । “टिमले कतार विश्वकपमा जस्तो प्रदर्शन गर्न नसके म राष्ट्रिय टिम छोड्नेछु,” मेसी थप भनका छन् ।

स्पेनिस क्लब बार्सिलोनामा अधिकांश व्यावसायिक करियर बिताएका मेसीले सन् २०२१ मा क्याटालन क्लब छोडेका थिए । बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका मेसीले त्यहाँ दुई सिजन बिताएपछि मियामी जाने निर्णय लिएका हुन् । मियामी पुगेपछि पनि उनले पहिलो उपाधि दिलाइसकेका छन् । क्लब इतिहासमै पहिलो पटक मियामीले उपाधि उचालेको छ।

Advertisement

मेसी प्रेरित खेलमा नासभिललाई हराउँदै मियामीले लिग्स कपको उपाधि उचालेको हो । उक्त प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्दै मेसीले गोल्डेन बल र सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट समेत जिते। अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब मियामी यसअघि कहिल्यै उपाधि जित्ने हैसियतसम्म देखाउन सकेको थिएन।

मेसी जानुपूर्व करिब १ दर्जन खेलमा जितविहीन भएको मियामीले मेसी आबद्ध भएपछिका ७ खेलमा ७ वटैमा जित निकालेको थियो । सन् २००४ देखि २०२३ सम्म गरी मेसीले ४४ टाइटल उपाधि उचालिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top