×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

केजरीवालले गर्दा अमेरिकासंग भारतको ट्युनिंग बिग्रियो

१५ चैत्र २०८०

१५ चैत, विराटनगर ।
दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवाललाई पक्राउ गरिएको विषयले यतिबेला विश्वनेताहरुकै ध्यान खिचेको छ । केजरीवालको गिरफ्तारीको मुद्या अन्तर्राष्ट्रिय बन्दै गएको छ । जुन प्रकारले अरविंद केजरीवाल अहिले इडीको हिरासतमा छन्, यसमा उनको पक्षबाट, उनले पाउनु पर्ने कानूनी उपचार वा प्रक्रियाहरु निस्पक्ष हुनुपर्छ भन्दै शक्तिराष्ट्रहरुले नै भारत सरकारको ध्यानआकार्षण गराएका छन्।

पहिला जर्मनी र अहिले अमेरिकाजस्ता देशहरुले केजरीवालको गिरफ्तारीमा टिप्पणी गरेका छन् । यसले मोदी सरकारको भने टाउको दुखाईदिएको छ । भारतको विदेश मन्त्रालयले जर्मनी र अमेरिकाको टिप्पणी र चासोप्रति कडा आपत्ति नै जनाएको छ ।

Advertisement
Advertisement

भारतले दुवै देशका कूटनीतिकहरुलाई बोलाएर आफ्नो आपत्ति रहेको जनाएको छ । र केजरीवाल पक्राउ परेको विषय आफ्नो घरेलु मामिला भएको बताएको छ । यता अमेरिकाले भने आफ्ना दूतावासका अधिकारीलाई भारतले बोलाएर केरकार गरेकोमा प्रतिक्रिया दिएको छ ।

भारतीय विदेश मन्त्रालयको आपत्तिप्रति बुधबार अमेरिकाले भन्यो कि उ निष्पक्ष, पारदर्शी र समयमा कानूनी प्रक्रियाहरु टुंगिने कुराको समर्थन गर्दछ र उसलाई लाग्दैन कि यसमा कसैलाई पनि आपत्ति हुन्छ ।

अमेरिकी विदेश मंत्रालयका प्रवक्ता म्याथ्यू मिलरले भने, “हामी दिल्लीका मुख्यमंत्री अरविंद केजरीवालको गिरफ्तारी सहित यी कारबाहीहरुमाथि मिहिन ढंगले ख्याल गरिरहेका छौं“ ।

म्याथ्यू मिलरलाई विदेश मंत्रालयको प्रेस कन्फ्रेन्सका क्रममा अरविंद केजरीवालमाथि अमेरिकी टिप्पणीको बारेमा भारत रहेका कार्यवाहक डिप्टी चीफ अफ मिशन ग्लोरिया बारबेनालाई बोलाइएको र कांग्रेस पार्टीको बैंक खाताहरु फ्रीज गरिएको बारेमा सोधिएको थियो।

जवाफमा उनले भने, “हामी कांग्रेस पार्टीमाथि लागेको आरोपका बारेमा पनि अवगत छौं । आयकर विभागले काँग्रेसको केही बैंक खाताहरु फ्रिज गरेको छ, जसका कारण आगामी चुनावमा प्रचारप्रसारका लागि काँग्रेसलाई चुनौतीपूर्ण भएको छ ।

हामी यी सबै मुद्याहरुमा निष्पक्ष, पारदर्शी र समयमै कानूनी प्रक्रियाहरु होउन भन्नका लागि प्रोत्साहित गर्छौ“ ।यसअघि भारतीय विदेश मंत्रालयले भने बुधवार भनेको थियो, “हामी भारतमा केही कानूनी प्रक्रियाहरुमाथि अमेरिकी विदेश विभागका प्रवक्ताको टिप्पणीप्रति कडा आलोचना गर्दछौं ।

कूटनीतिमा कुनै देशबाट अर्को देशको संप्रभुता र आंतरिक मामिलामा सम्मान गरिने अपेक्षा गरिन्छ । एक लोकतांत्रिक देशसंग यो अपेक्षा अझ धेरै हुन्छ । भारतको कानूनी प्रक्रियाहरु एक स्वतंत्र न्यायपालिकामा आधारित छ । जुन उद्देश्यपूर्ण र समयमा निर्णय सुनाउनका लागि प्रतिबद्ध छ ।

त्यसमा प्रश्न उठाइनु अनुचित छ“, भारतको विदेश मन्त्रालयले भनेको छ । यता जर्मनी भने आफ्नो पहिलेको टिप्पणीलाई लिएर पछिल्लो पटक केही नरम भएको छ । बुधवार जर्मनीका विदेश मंत्रालयका प्रवक्तासंग पनि संचारमाध्यमहरुले उसको टिप्पणीका बारेमा सोधेका थिए ।

तर उनले सोबारे टिप्पणी गर्न अस्वीकार गरे । उनले भने, ’’हामीले यसमा प्रतिक्रिया दिइसकेका छौं । दुई देशबीच भएको निजी छलफलको ब्योहोरा हामी दिन सक्दैनौ । हामी दुवै देशबीच सहयोग र राम्रो सम्बन्ध हाम्रो हितमा छ ।

दुवै देश सरकारको स्तरमा आगामी वार्ताका लागि तयारी गरिरहेका छन्, जुन यसैवर्ष हुनेछ । उनले अगाडी भने, भारतको संविधानले मौलिक अधिकार र स्वतंत्रताको सुनिश्चितता गरेको छ र एक रणनीतिक साझेदारका रुपमा भारतको साथमा हामी यी मूल्यहरु मान्दछौं’’ ।

तर यसअघिको टिप्पणीमा भने जर्मनीले पनि दिल्लीका मुख्यमंत्रीका लागि निष्पक्ष सुनुवाइको अपील गरेको थियो । त्यसपछि भारतले जर्मन दूतावासका उप प्रमुख जर्ज एन्जभीलरलाई बोलाएर आफ्नो असन्तुष्टि जाहेर गरेको थियो ।

जर्मनीलाई भारतीय विदेश मंत्रालयले बयान जारी गरेर भनेको थियो, “हामी यस्ता टिप्पणीलाई हाम्रो न्यायिक प्रक्रियामा दखल र हाम्रो न्यायपालिकाको स्वतंत्रतालाई कमजोर पार्ने रुपमा हेर्छौ“ ।

भारतको यो प्रतिक्रियापछि जर्मनी केही नरम बनेको छ । बुधबार जर्मनीको विदेश मंत्रालयका प्रवक्ताले भने, कि जर्मनी भारतको साथ र आपसी सहयोगमा गहिरो रुचि राख्दछ । साथै आपसी विश्वासपूर्ण माहौलमा मिलेर काम गर्न इच्छुक छ ।

मुख्यमन्त्री केजरीवाललाई नयाँ दिल्लीस्थित उनको आवासबाट गत विहीबार ईडीले पक्राउ गरेको थियो । उनीमाथि दिल्ली मदिरा नीतिमा भएको कथित घोटालामा सहभागि भएको आरोप लगाइएको छ ।

प्रवर्तन निर्देशालय (ईÞडी)ले शुक्रवार भनेको थियो, कि दिल्लीका मुख्यमंत्री अरविंद केजरीवाल ’मदिरा घोटाला मामिलामा मुख्य ’षड्यंत्रकर्ता’ हुन् । समाचार एजेंसी पीटीआईका अनुसार, उनलाई आबकारी नीतिसंग जोडिएको मनी लन्ड्रिगको मामिलामा पक्राउ गरिएको हो ।

यसअघि अरविंद केजरीवाललाई ईडीले सात पटक नोटिस पठाएको थियो, तर उनी उपस्थित भएका थिएनन् । यसबीच केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ । बुधबार उच्च अदालतले प्रवर्तन निर्देशनालयलाई अप्रिल २ सम्मको समय दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अब यस मुद्दाको अर्को सुनुवाई अप्रिल ३ मा हुनेछ । अदालतले अप्रिल ३ को लागि केजरीवालको मुख्य याचिका पनि सूचीबद्ध गरेको बताइएको छ । मदिरा घोटालाको विषयमा इडी हुँदै अदालतमा पुगेपछि अब यसको फैसला कानूनी रुपमा नै हुनेछ ।

तर केजरीवाललाई लोकसभा निर्वाचनको मुखमा पक्राउ गर्नुलाई भने सबै विपक्षी दलहरुको शंकाको नजरले हेरिरहेका छन् । फेरि केजरीवालका विपक्षमा सरकारी साक्षी बनेका ब्यक्ति नै भारतीय जनता पार्टीका प्रमुख चन्दा दाता भएको खुलेपछि मदिरा घोटाला प्रकरणको अनुशन्धानमा आमआदमी पार्टीसहित विपक्षी दलहरुले शंका गरिरहेका छन् ।

केजरीवाल प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख आलोचक हुन् भने विपक्षी गठबन्धनका प्रभावशाली नेता हुन् ।दिल्लीमा भएको कथित मदिरा घोटालामा दिल्लीका पूर्व उप–मुख्यमंत्री मनीष सिसोदिया र आम आदमी पार्टीका सांसद संजय सिंहसहित कयौं मानिसहरुलाई यसअघि नै पक्राउ गरिएको छ ।

Advertisement

यो प्रकरणमा दिल्लीका मुख्यमन्त्रीलाई पक्राउ गरिएको विषयमा जर्मनी, अमेरिकासहितले गरेका टिप्पणी अनि भारतले तत्कालै जनाएको प्रतिक्रियाबारे तपाईँका टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top