दुई सिट भएको लौरोमा महाभारत

१५ चैत ८०, शुक्रबार

१६ चैत,काठमाण्डौ।

दुई सिट भएको हाम्रो नेपाली पार्टीलाई सहभागी गराएर बागमती प्रदेश सरकार विस्तार भएको छ । आजै हानेपाबाट प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छ्न् । उनले नेपाल भाषामा शपथ लिएका हुन् । अब बागमती प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सामेल भएको छ भने एमाले केही दिनभित्र सरकारमा सामेल हुने जनाइएको छ ।

सत्ताको राजनीति खेलमा एक सिटको कति महत्व हुन्छ भन्नेकुरा बागमती प्रदेशको राजनीतिले थप प्रष्ट पारेको छ । केन्द्रीय राजनीतिमा भएको सत्ता गठबन्धनको परिवर्तनपछि बागमती प्रदेश सरकारलाई बचाउने मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रयास उनले विश्वासको मत लिने अन्तिम दिन भन्दा करिब एक साता अघि करिब सफल भएको छ ।

बागमतीमा सत्ता गठवन्धनलाइ बहुमतको सरकार बनाउनकोलागि ५६ सिट आवश्यक रहेको थियो । तर सत्तारुढ दल एमाले, माओवादी केन्द्र तथा समाजवादीबाट ५५ जनामात्र प्रदेशसभा सदस्य पुगेपछि सत्तारुढ दललाई एक सिटको आवश्यकता परेको थियो । प्रदेशसभामा रहेको कांग्रेस, राप्रपा र नेमकिपाले सरकारमा नजाने र समर्थनपनि नदिने बताएपछि सत्तारुढ दलको अन्तिम आशा २ सिट रहेको हानेपामाथि रहेको थियो ।

हानेपासँगको चरणवद्ध छलफल सकारात्मक बनेकै समयमा एक्कसी चैत ४ गते हानेपाले मुख्यमन्त्री पाएमात्र सरकारमा सहभागी हुने नत्र कुनै पक्षलाइ समर्थन नदिने र सरकारमा पनि सहभागी नहुने जानकारीसहितको प्रेस विज्ञप्ती जारी गरेपछि शालिकराम जम्कट्टेल नेतृत्वको सरकार अप्ठेरोमा परेको थियो ।

यसैबीच हानेपाले दुई दिन अघि मात्र चैत १३ गते इमेलमार्फत जम्कट्टेल नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएपछि थप समस्याग्रस्त बनेको सरकारले अन्तिम समयमा हानेपाको समर्थन प्राप्त गरेको छ । गत फागुन २३ गते नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाइ दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले त्यसको हप्तादिनपछीनै हानेपा प्रदेशसभा सदस्य बज्राचार्यलाई मन्त्रीको रुपमा शपथ ग्रहणको तयारी गरेको थियो।

यता हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशको नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि हानेपा केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध सपथ लिएका बज्राचार्यलाई कारबाही गर्ने बताए ।

चैत्र ३, ४ गते काठमाडौंमा भएको केन्द्रीय समितिको बैठकले मौजुदा गठवन्धनलाई समर्थन नदिने निर्णय गरेको र सो निर्णयविरुद्ध बज्राचार्य मन्त्री बनेको भन्दै उनलाइ कारवाही गर्ने घिमिरेको भनाइ छ । आफ्नो प्रदेशसभा सभासदलाई सत्तारुढ दलले अपहरण गरेर मन्त्री बनाएको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई विकृत राजनितिक संस्कार सिकाएको आरोप लगाए ।

एउटा प्रदेशको माननीयलाई राजनीतिक अपहरण गरेर मन्त्री बनाइनु लज्जास्पद विषय भएको उनको भनाइ छ । नवनियुक्त मन्त्री बज्राचार्यले भने आफ्ना निर्वाचन क्षेत्रका मतदाताको मागलाई पूरा गर्न सरकारमा सहभागी भएको बताएका छन् । बागमती प्रदेश सभामा हानेपासँग दुई सिट छ। गत ४ मंसिर २०७९ को आम निर्वाचनमा काठमाडौँको प्रदेश सभा क्षेत्र नम्बर ८(१) मा शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका हुन् भने काठमाडौँकै सरिता खड्गी समानुपातिक सांसद निर्वाचित भएकी हुन्।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top