नेपाल–गुजरात–बरोडाबीच टी–२० क्रिकेट आजदेखि

नेपाल–गुजरात–बरोडाबीच टी–२० क्रिकेट आजदेखि

१८ चैत ,एजेन्सी ।

नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो खेल भारतको स्टेट टोली गुजरातसँग खेल्दैछ । राष्ट्रिय टोलीले भारतमा गएर खेलेको यो पहिलो सिरिज हो । भारतमा यो खेल दिउँसो पौने तीन बजेदेखि शुरु हुनेछ । खेल साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा हुनेछ । नेपाल र बरोडा पर्सि खेल्नेछन् ।

चैत २१ मा नेपाल र गुजरात तथा चैत २३ मा नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो । बरोडा र गुजरात दुबैले रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी घोषणा गरेका छन् ।

रणजी ट्रफी भारतको चर्चित क्रिकेट प्रतियोगिता हो । त्यसैले खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकोछ । गुजरातको कप्तानी उमांग कुमार र नेपालको रोहित पौडेलले कप्तानी गर्ने छन् । नेपालको कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरि र कुशल मल्ल प्रमुख हतियार हुन् । डेथ ओभरमा अभिनाश बोहराको प्रदर्शन राम्रो छैन । त्यो सुधारको आवश्यक देखिन्छ ।

विवेक यादव, सन्दिप जोरा र प्रतिश जिसि जस्ता युवा खेलाडीलाई मौका दिएर हेर्न सक्छ । नेपालको टोलीमा कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द रहेका छन् ।

यस्तै गुजरातको टोलीमा कप्तान उमांग पटेलसहित अर्यान देशाई, जयविर पारमार, शेन पटेल, हिमांग पटेल, तेजास पटेल, प्रियस पटेल, स्मित पटेल, ऋषि पटेल, जयमित पटेल, जय मलुसार, युवराज जाला, सारल प्रजापति, धरुशान्त सोनि र हर्ष देशाई रहेका छन् । यसअघि घरेलु मैदानमा आयरल्याण्डसँग भएको दुई टी २० क्रिकेट प्रतियोगितामा जित हासिल गरेको नेपाल आज उच्च मनोवलका साथ भारतीय टिमविरुद्ध उत्रिदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.