रास्वपाविरुद्ध खनिएका हर्क रविलाई भेट्न सिंहदरबार किन पुगे ?

१७ चैत ८०, आइतबार

१८ चैत , काठमाण्डौ ।

आसन्न वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बुको उम्मेदवारीको चर्चा र घोषणा हुँदासम्म रास्वपाविरुद्ध आक्रमक रुपमा अभिब्यक्ति दिँदै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रास्वपा सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्। आफूलाई सिद्धयाउनकै लागि रास्वपा आएको जस्ता विवादित अभिव्यक्ति दिएका उनले आइतबार सिंहदरबार पुगेर लामिछानेलाई भेटेका हुन्।

Advertisement

सामाजिक सञ्जालमा निरन्तर रास्वपाको विरोध गरिरहेका साम्पाङले आइतबार गृहमन्त्रीलाई भेटेर धरानमा इलाका प्रहरी, ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधन माग गरेका छन्। उनले भेटका क्रममा कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिहरूले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको अनुभव पनि गृहमन्त्रीलाई सुनाएका छन्।

उक्त भेटका क्रममा साम्पाङलाई गृहमन्त्रीले लोकप्रिय जनप्रतिनिधिको संज्ञा दिएका थिए । साम्पाङले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोबारे आफू गम्भीर भएको जवाफ गृहमन्त्री लामिछानेले दिएका छन्। उनले साम्पाङले उठाएका माग सम्बोधन प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन पनि दिएका छन्।

भेटका क्रममा साम्पाङले प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई सुझाएका छन्। प्रहरीलाई ‘आमनागरिकलाई भर ः गलत गर्नेलाई डर’ हुने संगठन बनाउने प्रतिवद्धता गृहमन्त्रीले उक्त भेटका क्रममा गरेका छन्। गृहमन्त्री र प्रमुख साम्पाङबीच लागू औषध दुर्व्यसनी नियन्त्रणबारे पनि छलफल भएको छ। धरान लागुऔषध दुर्व्यसनीको अखडका रुपमा चिनिन्छ।

दुर्व्यसनीले नसाका लागि विभिन्न औषधि मिसाएर खाने प्रवृत्ति बढेको अवस्थामा त्यसविरुद्ध कारबाही चलाउन कानुन नरहेकोबारे प्रमुख साम्पाङले गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्। उक्त समस्या नियन्त्रणका लागि तीनै तहका सरकारबीच प्रभावकारी सहकार्यसहित विशेष अभियान सञ्चालन गर्नुपर्ने जवाफ साम्पाङलाई गृहमन्त्रीले दिएका छन्।

साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिबद्धता पनि गृहमन्त्रीले दिएका छन्। हर्कले सार्वजनिक रुपमा रास्वपालाई हराउन भन्दै अभिब्यक्ति दिदै आएका छन् । इलाम क्षेत्र नम्बर २ मा रास्वपाले माओवादी केन्द्र छाडेका मिलन लिम्बुलाई टिकट दिएको छ।

उता साम्पाङले भने पहिचानवादी भन्दै इलाम २ मा डकेन्द्रसिंह लिम्बूलाई खुलेर समर्थन गरेका छन्। यसअघि मिलनले स्वतन्त्र रुपमा उम्मेदवारी दिदा हर्कले उनलाई सहयोग गर्ने वचन दिएका थिए । तर उनी रास्वपाबाट उम्मेदवार बन्ने चर्चा सुरु भएसँगै हर्क मिलन र रास्वपामाथि खनिएका थिए । साम्पाङले रास्वपालाई पहिचान र संघीयताविरोधी भन्दै निशाना बनाइरहेका छन्।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top