चेन्नईको पहिलो हारमा दिल्लीको पहिलो जित

Rishabh Pant (c) of Delhi Capitals and Ruturaj Gaikwad (c) of Chennai Superkings at toss during match 13 of the Indian Premier League season 17 (IPL 2024) between Delhi Capitals and Chennai Super Kings held at the Dr YS Rajasekhara Reddy ACA-VDCA Cricket Stadium, Visakhapatnam on the 31st March 2024. Photo by Deepak Malik / Sportzpics for IPL

१९ चैत , एजेन्सी ।

पूर्व कप्तान महेन्द्रसिंह धोनीको उत्कृष्ट फिनिसिङका बाबजुद चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग(आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ । चेन्नईको पहिलो हार र दिल्लीको पहिलो जित हो । १९२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । चेन्नईका धोनी १६ बलमा ४ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे ।

धोनीले अन्तिम ओभरमा एनरिच नोर्कियालाई समान २ छक्का र चौकासहित कुल २० रन प्रहार गरेका थिए । अजिंक्या रहाणे ३० बलमा ५ चौका र २ छक्कासहित ४५, कप्तान ऋतुराज गायकवाड १, रचिन रविन्द्र २, डर्याल मिचेल ३४, शिबम दुबे १८ र समिर रिज्वी शून्यमा आउट भए । जडेजा १७ बलमा २ चौकासहित २१ रनमा नट आउट रहे ।

दिल्लीका मुकेश कुमार ३, खलिल अहमद २ र अक्षर पटेलले एक विकेट लिए । त्यसअघि विशाखापट्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनायो । दिल्लीका डेविड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्कासहित ५२ तथा अर्का ओपनर पृथ्वी शाले २७ बलमा ४ चौका र २ छक्कासहित ४३ रन बनाए ।

कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चाका र ३ छक्कासहित ५१ र मिचेल मार्श १८ रनमा आउट भए । चेन्नाईका मथिशा पाथिरानाले ४ ओभरमा ३१ रन खर्चेर ३, मुश्ताफिजुर रहमान र रविन्द्र जडेजाले १–१ विकेट लिए । यसैबीच दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारु जरिवाना लागेको छ ।

हिजोको खेलको क्रममा स्लो ओभर रेट(निर्धारित समयभन्दा बलिङ ढिलो सकेपछि ) जरिवानामा परेका हुन् । जारी आईपीएलमा स्लो ओभर रेटका कारण जरिवानामा पर्ने गुजरात टाइटन्सका शुभमन गिलपछि पन्त दोस्रो कप्तान हुन् । गत मंगलबार गिल चेन्नईविरुद्ध नै कारबाहीमा परेका थिए ।

२०२२ मा कार दुर्घटनापछि पन्त यसै आईपीएलबाट क्रिकेटमा फर्किएका छन् । पन्तको लय भारतीय क्रिकेटका लागि धेरै राम्रो संकेत हो । यस्तै हिजो नै भएको अर्को खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । हैदराबाद ७ विकेटले पराजित भएको हो ।

हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १९ ओभरमा १ बलमा मात्र ३ विकेट गुमाएर पूरा ग¥यो । गुजरातका लागि शाई सुदर्शनले सर्वाधिक ४५ रन बनाए । त्यसअघि टस जितेर ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।

हैदराबादका अभिषेक शर्मा र अब्दुल समादले २९–२९ रन बनाए । आईपीएलमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । कोलकाता २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । चेन्नाई ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । राजस्थान २ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ ।