खेलकुद मन्त्रालय सम्हालेपछि मन्त्री विराजभक्तले के गरे ?

१८ चैत ८०, सोमबार

१९ चैत , काठमाण्डौ।

युवा तथा खेलकुद मन्त्रालयले पछिल्लो ३५ दिनमा गरेका कामको विवरण सार्वजनिक गरेको छ । नयाँमन्त्री विराजभक्त श्रेष्ठ आएपछि मन्त्रालयले ६ दिनमा गरेका महत्वपूर्ण १० काम सार्बजनिक गरिएको हो । जसमा क्रिकेट र फुटबल रंगशालाको अनुगमन गर्ने कार्यादेश दिएको, एन्फाका असिफियलको विदेश भ्रमणबारे एक्सन लिएको, क्रिकेट खेलाडीले अहिलेसम्म नपाएको पुरस्कार रकम वितरण गर्न पहल गरेको लगायतका काम गरेको सूची सार्वजनिक गरेको छ ।

Advertisement

मन्त्रालयले चैत १२ देखि १७ गतेसम्म मन्त्रालयबाट भएका मुख्य कामहरूको विवरण सार्वजनिक गरेको छ । विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेयता नियमित रूपमा यस्तो विवरण सार्वजनिक गर्न थालिएको हो । युवा तथा खेलकुद मन्त्रीले यसबिचमा रङ्गशालाहरूको अनुगमन गर्न अनुगमन टोली गठन गरेदेखि नेपाल स्काउटको भवन र जग्गासहितको संरचना भाडामा लिएको विषयमा विस्तृत विवरण माग गरिएको विषयसम्मलाई मन्त्रालयद्वारा जारी विवरणमा समेटेका छन्।

मूलपाली क्रिकेट रंगशाला, दशरथ रंगशाला र कीर्तिपुर क्रिकेट रंगशालाको अनुगमन गर्न अनुगमन टोली गठन गरिएको विवरणमा उल्लेख छ । विश्वकप छनोट फुटबलको बहराइनमा सम्पन्न दोस्रो चरणको खेलका क्रममा सम्बन्धित निकायसँग स्वीकृति नलिई एन्फाले अनावश्यक व्यक्तिलाई विदेश भ्रमणमा लगेको विषयमा मन्त्रालयले गम्भीर चासो राखेको पनि विवरणमा उल्लेख छ ।

Advertisement

‘बहराइनमा हालै सम्पन्न फिफा विश्वकप छनोटमा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति नलिएको सम्बन्धमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कानुन बमोजिम आवश्यक कारबाही गरी मन्त्रालयलाई जानकारी गराउन राखेपमा पत्राचार गरिएकोमा कारबाही सम्बन्धि जानकारी मन्त्रालयलाई प्राप्त नभएकोले सो सम्बन्धमा जानकारी गराउन राखेपमा ताकेता गरिएको छ,’ विवरण पत्रमा भनिएको छ ।

यसैगरी विभिन्न खेल संघहरुको विवरण अद्यावधिक गर्न पदाधिकारीहरूको नाम, आम्दानी, खर्चसमेतको विवरण उपलब्ध गराउन राखेपमा पत्राचार गरिएको पनि विवरणमा उल्लेख छ । विद्यालय स्तरको पाठ्यक्रममा खेलकुद विषय समावेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अनुरोध गरिएको पनि विवरणमा उल्लेख गरिएको छ ।

यसैगरी मन्त्रालय र अन्तर्गतका निकायहरुको नाममा रहेको बेरुजु वर्गीकरण गरी असुल उपर गर्नुपर्ने बेरुजुको कार्ययोजना बनाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाइएको विषय पनि विवरण पत्रमा समेटिएको छ । ‘१९ औँ एसियाली खेलकुदमा पदक विजेता खेलाडी, चौथो एसियन पारा खेलकुदमा पदक विजेता खेलाडी र विश्वकप टी–२० क्रिकेट प्रतियोगिताका लागि छनोट भएका खेलाडीलाई पुरस्कार प्रदान गर्न आवश्यक पर्ने बजेट दुई करोड ९७ लाख १० हजार माग गरी अर्थ मन्त्रालयमा पुनः अनुरोध गरिएको छ,’ विवरण पत्रमा भनिएको छ ।

यसैगरी राष्ट्रिय खेलकुद नीति–२०८० को मस्यौदा स्वीकृत गरी छलफलमा लैजाने निर्णय भइसकेको पनि उल्लेख गरिएको छ । राष्ट्रिय युवा नीति–२०८० को मस्यौदा सुझाव संकलन गर्न कर्णाली प्रदेशको सुर्खेतमा छलफल एवं अन्तरक्रिया कार्यक्रम गरिएको पनि विवरण पत्रमा उल्लेख गरिएको छ ।

‘नेपाल स्काउटको भवन र जग्गासहितको संरचना भाडामा लगाएको विषयमा विस्तृत विवरण नेपाल स्काउटसँग माग गरी प्राप्त हुन आएको विवरणको अध्ययन भइरहेको छ,’ विवरण पत्रमा भनिएको छ । इलामस्थित ठुलो टुँडिखेल मैदान इलाम कभर्ड हलको निरीक्षण गरिएको पनि विवरणमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top