आज अप्रिल फूल अर्थात मूर्ख बनाउने दिवस ,कसरी शुरु भयो ?

१८ चैत ८०, सोमबार

१९ चैत , काठमाण्डौ।

आज अप्रिल महिनाको पहिलो दिन । आज संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिनको रुपमा लिएको पाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन ।

यही नै यस दिनको विशेषता हो । अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने कुराको कुनै आधिकारिक तथ्य उपलब्ध छैन । मध्यकालमा युरोपका धेरै सहरमा २५ मार्चका दिन नयाँ वर्ष मनाइन्थ्यो जुन अप्रिल १ मा अन्त्य हुन्थ्यो । सन् १५८२ मा पोप चार्ल्स नवौंले पुरानो क्यालेन्डरको स्थानमा नयाँ रोमन क्यालेन्डर लागू गरेपछि सन् १५८२ देखि नयाँ वर्षको पहिलो दिनका रूपमा १ जनवरीलाई कायम गरियो ।

Advertisement

त्यसपछि १ जनवरीलाई नयाँ वर्षका रूपमा मनाउन थालिएपछि अप्रिल १ लाई नयाँ बर्ष मान्नेहरूलाई मूर्खको संज्ञा दिन थालियो । कतिपयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै भएन र उनीहरू १ अप्रिललाई नै नयाँ वर्ष मनाउँथे । त्यसैले यस्ता मानिसलाई मुर्ख सम्झिएर अन्यले मजाक उडाए । केही इतिहासकारका अनुसार १५८२ देखि अप्रिल फुल बनाउन शुरु गरिएको हो ।

फ्रान्सले जुलियन क्यालेण्डरलाई हटाएर ग्रोगोरियन क्यालेण्डर प्रयोगमा ल्याएपछि अप्रिल फुल बनाउन थालिएको विश्वास गरिन्छ । त्यसको निर्णय काउन्सिल अफ ट्रेन्टले गरेको बताइन्छ । केही इतिहासकारका अनुसार प्राचीन रोममा यस प्रकारको एक पर्व मनाइन्थ्यो । यसको नाम हिलारिया थियो र यो मार्च अन्तिम हप्तामा मनाइन्थ्यो ।

पूरै बेलायतमा अप्रिल फूल १८ औं शताब्दीदेखि लोकप्रिय भयो । स्कटल्याण्डमा एक परम्परा नै बन्यो । यहाँ यसलाई २ दिन मनाइन्थ्यो । सो क्रममा मानिसहरुलाई मुर्ख बनाइन्थ्यो । १९५७ मा बीबीसीले फर्जी समाचार प्रशारण गरेको थियो । बीबीसीले स्विट्जरल्याण्डमा स्फगेटीको बंपर बाली भएको समाचार प्रशारण गरेको थियो ।

मानिसहरुलाई मुर्ख बनाउनका लागि टेलिभिजनमा यस्ता नभएका दृष्य देखाइयो र मानिसले त्यसलाई विश्वास गरे । यस्ता समाचार १९८५, १९९६ र १९९८ मा पनि देखाइयो । मानिसले त्यसलाई विश्वास गरे अनि मुर्ख बने । अप्रिल फूल अर्थात् विश्व मूर्ख दिवसलाई नेपालमा पनि मनाइँदै आएको छ । सामाजिक सञ्जालको प्रभाव विस्तारपछि त्यसमा झूटा तर रमाइला कुरा पोस्ट हुने क्रम हरेक वर्ष बढ्दै गएको पाइन्छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top