केजरीवालले जेलमा बसेर हाउ प्राइम मिनिस्टर डिसाइड्स पढ्ने

१८ चैत ८०, सोमबार

१९ चैत , एजेन्सी ।

Advertisement

छिमेकी राष्ट्र भारतमा लोकसभा निर्वाचन नजिकिदै गर्दा विपक्षी गठबन्धनका प्रभावशाली नेता अरविन्द केजरीवालको कारगार बसाई भने लम्बिदै गएको छ । दिल्लीको राउज एभिन्यू अदालतले दिल्ली मदिरा नीतिसँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप १५ दिन अर्थात अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ ।

दिल्ली रक्सी नीतिसँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार अदालतलाई रामायण, महाभारत, गीता र पत्रकार नीरजा चौधरीले लेखेको पुस्तक हाउ प्राइम मिनिस्टर डिसाइड्स पढ्न पाउनु पर्ने माग गरेका छन् । यस पुस्तकमा प्रधानमन्त्रीले कसरी निर्णय लिनुहुन्छ भन्ने कुरा लेखिएको छ । यसका साथै केजरीवालले जेलमा औषधि उपलब्ध गराउन पनि अदालतसँग माग गरेका छन् ।

Advertisement

आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक केजरीवालले ईडीको हिरासत अवधि पूरा भएपछि दिल्लीको राउज एभिन्यू अदालतमा उपस्थित हुँदा यो माग गरेका हुन्। सुनुवाईको क्रममा, ईडीको मागमा, अदालतले अरविन्द केजरीवाललाई अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ। यस्तो अवस्थामा केजरीवाल तिहाड जेलमा रहनेछन् र यहाँ पढ्नको लागि किताब र औषधिको माग गरेका छन् ।

केजरीवालले जेलमा ‘हाउ प्राइम मिनिस्टर डिसाइड’ पुस्तकको माग यस्तो समयमा आएको हो, जब आज अदालतमा हाजिर हुनुअघि उनले आफ्नो गिरफ्तारीलाई संकेत गर्दै भनेका थिए ‘प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिरहेका छन्, त्यो देशका लागि राम्रो होइन । ’’ ईडीले अरविन्द केजरीवाललाई मार्च २१ मा पक्राउ गरेको थियो।

Advertisement

भोलिपल्ट विशेष न्यायाधीश बावेजाले उनलाई मार्च २८ सम्म ईडी हिरासतमा पठाएका थिए । यसपछि अदालतले उनको हिरासत १ अप्रिलसम्म बढाएको थियो । केन्द्रीय अनुसन्धान एजेन्सीले दिल्ली मदिरा नीतिको तर्जुमा र कार्यान्वयनमा अनियमितता भएको दाबी गरेको छ । यसको मुख्य षड्यन्त्रकारी केजरीवाललाई मानिएको छ । उनीसँगै अन्य मन्त्री र ‘आप’का नेताहरु पनि यो सम्पूर्ण मामिलामा संलग्न भएका छन् ।

पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया र सञ्जय सिंह दिल्लीको अन्तःशुल्क नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा जेलमा छन्। भारतमा ७ चरणमा निर्वाचन हुने भएको छ । मतदान ११ अप्रिलबाट सुरु भई १९ मे मा सकिनेछ भने २३ मेबाट मतगणना सुरु हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top